खाँदबारीमा सेकाहा महोत्सव सुरु « Khabarhub

खाँदबारीमा सेकाहा महोत्सव सुरु


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु भएको छ । तमु ल्होसारका अवसर पारेर सेकाहा सामुदायिक विकास क्लबले महोत्सव आयोजना गरेको हो ।

महोत्सवको उद्घाटन गर्दै खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

उनले सेकाहाको ऐतिहासिक महत्वलाई उजागर गर्दै यस क्षेत्रलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।

महोत्सवमा विभिन्न समुदायको झाँकी, स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, मनोरञ्जनात्मक खेलकुद सञ्चालन गरिनेछ । साथै गाउँ अवलोकन, पर्यटकीयस्थल भ्रमण र होमस्टे प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।

गुरुङ समुदायको बाक्लो बस्ती रहेको सेकाहामा सामूहिक रूपमा तमु ल्होसार मनाइँदैछ । यसले जातीय सद्भाव र भाइचारा बढाउने आयोजकको विश्वास छ । 

आयोजक समितिका अध्यक्ष मनिराज गुरुङले महोत्सवले स्थानीय संस्कृतिको संरक्षणमात्र नभई गाउँको आर्थिकस्तर उकास्न र स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन टेवा पुग्ने जानकारी दिए । महोत्सव आगामी मङ्गलबारसम्म सञ्चालन हुने छ ।
 

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ६ : ०५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन