जाऊँ है हेर्न चित्लाङको भेडाफार्म (तस्बिरहरू) « Khabarhub

जाऊँ है हेर्न चित्लाङको भेडाफार्म (तस्बिरहरू)



काठमाडौं– बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नं. ६ मा पर्ने चितलाङ, ऐतिहासिक र प्राकृतिक दृष्टिले अत्यन्तै सुन्दर गाउँ हो । 

यहाँका विभिन्न पर्यटकीय स्थलहरू गो-चिज फ्याक्ट्री (बर्खाको चिज उत्पादन केन्द्र), सातधारा (धार्मिक र ऐतिहासिक महत्वको धारा), मोहिनी झरना, कुलेखानी ड्याम, चन्द्रागिरि डाँडा, चितलाङ गाउँ, फार्मस्टे र क्याम्पिङ स्थलहरू पर्यटकहरूलाई आकर्षित गर्छन् ।

यी सबै स्थानहरूबीच अहिले आन्तरिक पर्यटकको प्रमुख गन्तव्यको रूपमा भेडा फर्म लोकप्रिय बन्दै गएको छ । हरियालीले ढाकिएको डाँडामाथि अवस्थित भेडा फर्म काठमाडौं उपत्यकाबाट करिब २७ किलोमिटरको दूरीमा पर्छ ।

वर्षायामको यात्रा भनेको जोखिम मोलेर यात्रा गर्नु सरह हो। असारमा लगातारको वर्षाका कारण सडकहरू बिग्रने, पहिरो वा अन्य प्राकृतिक प्रकोपको सम्भावना रहने हुँदा यस्तो समयमा यात्रा गर्नु सधैँ सुरक्षित मानिँदैन । त्यही भएर वर्षायाममा दुर्घटनाको दरसमेत अन्य समयको तुलनामा बढी हुन्छ ।

यद्यपि, जोखिम मोलेरै भए पनि मानिसहरू प्रकृतिको सुन्दरतामा रमाउन, केही समयका लागि तनाव बिर्सन, र सामाजिक सञ्जालका लागि तस्बिर तथा भिडियो कैद गर्न भेडा फर्म जान्छन् ।

भेडा फर्म पुगेपछि त्यहाँको प्राकृतिक सौन्दर्यसँग कसरी रमाउने भन्ने कुरा व्यक्तिको आचरणमा भर पर्छ । कोही पर्यटकहरू स्मार्टफोन वा क्यामरामा तस्बिर खिचेर क्षणहरू कैद गर्छन् भने, कोही त्यही स्थानमा उभिएर प्रकृतिको शान्तिमा आफैँलाई समर्पित गर्दछन् ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  १२ : ५४ बजे

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार