जाऊँ है हेर्न चित्लाङको भेडाफार्म (तस्बिरहरू) « Khabarhub

जाऊँ है हेर्न चित्लाङको भेडाफार्म (तस्बिरहरू)



काठमाडौं– बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नं. ६ मा पर्ने चितलाङ, ऐतिहासिक र प्राकृतिक दृष्टिले अत्यन्तै सुन्दर गाउँ हो । 

यहाँका विभिन्न पर्यटकीय स्थलहरू गो-चिज फ्याक्ट्री (बर्खाको चिज उत्पादन केन्द्र), सातधारा (धार्मिक र ऐतिहासिक महत्वको धारा), मोहिनी झरना, कुलेखानी ड्याम, चन्द्रागिरि डाँडा, चितलाङ गाउँ, फार्मस्टे र क्याम्पिङ स्थलहरू पर्यटकहरूलाई आकर्षित गर्छन् ।

यी सबै स्थानहरूबीच अहिले आन्तरिक पर्यटकको प्रमुख गन्तव्यको रूपमा भेडा फर्म लोकप्रिय बन्दै गएको छ । हरियालीले ढाकिएको डाँडामाथि अवस्थित भेडा फर्म काठमाडौं उपत्यकाबाट करिब २७ किलोमिटरको दूरीमा पर्छ ।

वर्षायामको यात्रा भनेको जोखिम मोलेर यात्रा गर्नु सरह हो। असारमा लगातारको वर्षाका कारण सडकहरू बिग्रने, पहिरो वा अन्य प्राकृतिक प्रकोपको सम्भावना रहने हुँदा यस्तो समयमा यात्रा गर्नु सधैँ सुरक्षित मानिँदैन । त्यही भएर वर्षायाममा दुर्घटनाको दरसमेत अन्य समयको तुलनामा बढी हुन्छ ।

यद्यपि, जोखिम मोलेरै भए पनि मानिसहरू प्रकृतिको सुन्दरतामा रमाउन, केही समयका लागि तनाव बिर्सन, र सामाजिक सञ्जालका लागि तस्बिर तथा भिडियो कैद गर्न भेडा फर्म जान्छन् ।

भेडा फर्म पुगेपछि त्यहाँको प्राकृतिक सौन्दर्यसँग कसरी रमाउने भन्ने कुरा व्यक्तिको आचरणमा भर पर्छ । कोही पर्यटकहरू स्मार्टफोन वा क्यामरामा तस्बिर खिचेर क्षणहरू कैद गर्छन् भने, कोही त्यही स्थानमा उभिएर प्रकृतिको शान्तिमा आफैँलाई समर्पित गर्दछन् ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  १२ : ५४ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली