एनआरएनए अस्ट्रेलियामा एकता महाधिवेशनको तयारी  « Khabarhub

एनआरएनए अस्ट्रेलियामा एकता महाधिवेशनको तयारी 


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एनआरएनए –एनसीसी अष्ट्रेलियाको सदस्यता वितरण पुन: सुरु हुने भएको छ। असन्तुष्ट पक्षलाई समेत समेटेर उच्चस्तरीय समितिमार्फत चुनिएका एनआरएनएले एकता महाधिवेशन गर्ने गरी तयारी थालेको छ।

एनआरएनलाई एक ढिक्का बनाउन भन्दै एनआरएनले अस्ट्रेलियामा  एकता महाधिवेशन संयोजकको जिम्मा विवेक थापालाई दिएको छ।

कोही पनि प्रवासी नेपाली नछुटुन् भनेर सबैलाई समेटेर निर्वाचनलाई निष्पक्ष, समावेशी र सफल बनाउन तथा सदस्यता वितरण सम्बन्धी विद्यमान समस्याहरूको यथाशीघ्र पहिचान गरी एनसीसी अधिवेशनको लागि आवश्यक पहल गर्न थापालाई जिम्मेवारी दिइएको उच्चस्तरीय समितिमार्फत चुनिएका एनआरएनए महासचिव वीआर लामाले जानकारी दिए।

‘समग्र गैर-आवासीय नेपाली समुदायको साझा आवाज बन्न सक्ने विश्वासका साथ समावेशी, सर्वपक्षीय र एकताबद्ध संगठन विस्तारका लागि  अस्ट्रेलियामा थापालाई जिम्मेवारी दिइएको हो,’ लामाले भने, ‘यसका लागि अष्ट्रेलियामा सक्रिय विभिन्न सङ्घसंस्था, समुदायका प्रतिनिधिहरू र आम एनआरएन नागरिकहरूसँग व्यापक छलफल  गर्नेछ।

हाल अस्ट्रेलियामा सदस्य नबनेका र बन्न नपाएकाहरूलाई समेटेर वृहत एनआरएन गठन गर्ने संघको तयारी छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  १ : ०१ बजे

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन