बायोपिक ‘क्याप्टेन साब’मा क्याप्टेन रामेश्वर थापाको भूमिकामा खगेन्द्र, नायिका सुरक्षा « Khabarhub

बायोपिक ‘क्याप्टेन साब’मा क्याप्टेन रामेश्वर थापाको भूमिकामा खगेन्द्र, नायिका सुरक्षा


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्याप्टेन रामेश्वर थापा बायोपिक ‘क्याप्टेन साब’ बन्ने भएका छन् । निर्देशक दीपेन्द्र के खनालले उक्त बायोपिक बनाउने भएका हुन् ।

काठमाडौंको गौरीघाटमा बिहीबार फिल्मको शुभमूहर्तसमेत सम्पन्न भएको छ । यही कार्यक्रममार्फत् निर्माण पक्षले फिल्मको शीर्ष कलाकारमा अभिनेता खगेन्द्र लामिछाने र नायिका सुरक्षा पन्त शीर्ष भूमिकामा रहेको जानकारी दिएको हो ।

यस बायोपिकमा आफू क्याप्टेन थापाको भूमिकामा रहेको खगेन्द्रले खुलासा गरेका छन् ।

निर्देशक खनालका अनुसार यस फिल्मको छायाङ्कन भदौंको पहिलो साताबाट सुरु हुने भएको छ । चितवन र काठमाडौंमा यसको छायाङ्कन हुने बताइएको छ ।

यस फिल्मको कथा पनि निर्देशक खनाल आफैँले लेखेका हुन् ।

फिल्मबारे उनी भन्छन्, ‘यो फिल्म फरक खालको बन्नेछ । क्याप्टेनले आकाशमा भोग्ने समस्या, स्थानीयस्तरमा पाउने सम्मान, व्यवसायिक र व्यक्तिगत जीवन कथामा समेट्दा फिल्म गज्ज्बको बन्ने हाम्रो विश्वास छ ।’

‘क्याप्टेन साब’ पटकथा प्रोडक्सनको प्रस्तुतीमा यो फिल्म बन्न लागेको हो । यो फिल्मका निर्माता निर्देशक खनाल, करण श्रेष्ठ र श्रृष्टि खनाल हुन् ।

क्याप्टेन थापा सञ्चार व्यवसायी समेत हुन् । उनी माओवादी द्वन्द्वकालमा घाइते तथा बिरामीको हेलिकोप्टरबाट उद्धार गर्न जोखिम मोल्ने क्याप्टेनमका रुपमा चिनिन्छन् ।

उनी नेपालका तीन शीर्ष दल माओवादी, नेकपा एमाले र नेपाली कांग्रेसमा समानान्तर सम्बन्ध राखेर आफ्नो प्रभाव देखाउन सफल मानिन्छन् ।

०८१ असार १७ गते बूढानीकण्ठस्थित उनकै निवासमा सत्ता समीकरण हेरफेरका लागि कांग्रेस-एमालेले सात बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  १ : ४७ बजे

लेखा समिति सभापतिका लागि तीन प्रतिपक्षीबीच संवाद, श्रमसंस्कृतिलाई दिने पक्षमा रास्वपा

काठमाडौं- संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतका समितिहरूमा सभापति पदका लागि उम्मेदवारीबारे

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक जारी

काठमाडौं– सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन

काठमाडौं– इनड्राइभले नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर!’ क्याम्पेन

बाँकेमा व्यावसायिक बसन्ते मकैखेती

राँझा– नगदे बालीको रुपमा बिक्री हुन थालेपछि बाँकेका किसान बसन्ते मकैखेतीतर्फ