दुर्गेश, सिसन र ‘गुराँस नानी’को सहकार्य ‘जाने भए जाम माया’लाई रेकर्ड ब्रेक भ्युज « Khabarhub

दुर्गेश, सिसन र ‘गुराँस नानी’को सहकार्य ‘जाने भए जाम माया’लाई रेकर्ड ब्रेक भ्युज


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापाले ‘दुस्मन हेरेको हर्‍यै’ हिटको रापतापमै रहेका बेला अर्को गीत ‘जाने भए जाम माया’ लिएर दर्शकमाझ आएका छन् ।

यो गीतको भिडियो छायाङ्कनकै क्रममा चर्चामा थियो । कारण- दुर्गेशले भ्लगर सिसन बानियाँ र सामाजिक सञ्जालकी भाइरल पात्र ‘गुराँस नानी’सँग सहकार्य गर्दै थिए ।

उनीहरूको सहकार्य दर्शकले बुधबारबाट हेर्न पाए । दुर्गेशले आफ्नै युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेका छन् ।

सार्वजनिक भएको केही २० घण्टा नबित्दै गीत युट्युबको संगीततर्फ ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ ।

उक्त अवधिमा यो गीतले १७ लाखभन्दा बढी भ्युज पाइसकेको छ । एक लाख ९० हजारभन्दा बढीले लाइक गरेका छन् । १६ हजारभन्दा बढी कमेन्ट गरेका छन् ।

नेपालको सन्दर्भमा दुर्गेशको गीत ‘जाने भए जाम माया’ पाएको भ्युज सामान्य होइन । यसअघि २४ घण्टामा सबैभन्दा बढी हेरिएको गीत विष्णु माझीको स्वरमा रहेको ‘आइनँ आमा यो तीजमा’ थियो । जसले उक्त अवधिमा १५ लाखभन्दा केही बढी भ्युज पाएको थियो ।

अर्थात्, दुर्गेश ‘जाने भए जाम माया’ छोटो अवधिमा सबैभन्दा बढी भ्युज पाउने गीत बनेको छ । यस गीतको शब्द र संगीत दुर्गेशकै हो । यसमा दुर्गेश, सिसन र अल्हाजी गेरोले स्वर दिएका छन् ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  २ : २८ बजे

प्रि–मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं– देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको वर्षाले

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौं– नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको

राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू)

काठमाडौं- विभिन्न मागसहित राइड शेयरिङमा संलग्नहरूले आन्दोलन थालेका छन् ।