श्रीलंकासहित सात देशमा ट्रम्पले लगाए अतिरिक्त कर « Khabarhub

श्रीलंकासहित सात देशमा ट्रम्पले लगाए अतिरिक्त कर


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १ देखि श्रीलंकासहित सात राष्ट्रबाट आउने वस्तुमा नयाँ ट्यारिफ (शुल्क) लागू गर्ने घोषणा गरेका छन्।

यो घोषणाअन्तर्गत श्रीलंका, अल्जेरिया, इराक, लिबिया, फिलिपिन्स, मोल्दोवा र ब्रुनेईका सामानमा अतिरिक्त कर लगाइएको हो ।

राष्ट्रपति ट्रम्पले यी देशका नेताहरूलाई पठाइएका पत्रहरू सार्वजनिक गर्दै उक्त निर्णयको औपचारिक जानकारी दिएका छन्।

ती पत्रहरूमा अमेरिकाले आयात गर्ने वस्तुहरूमा ती देशहरूले लगाउने शुल्कहरूको उल्लेख गरिएको छ।

नयाँ कर

श्रीलंका, इराक, अल्जेरिया, लिबिया: ३० प्रतिशत

मोल्दोवा, ब्रुनेई: २५ प्रतिशत

फिलिपिन्स: २० प्रतिशत

राष्ट्रपति ट्रम्पले यी कुनै देश अमेरिकासँग आयातमा कर लगाए आफूहरूले पनि त्यही अनुपातमा प्रतिक्रिया दिँदैन जाने बताए यस्तो निर्णय दुई देशबीचको सम्बन्धको आधारमा फेरबदल गर्न सकिने उनले बताएका छन्।

यसअघि ट्रम्प प्रशासनले अरू देशमा पनि कर थोपरिसकेका छन् ।

म्यानमार, लाओस: ४० प्रतिशत

थाइल्याण्ड: ३६ प्रतिशत

बंगलादेश, सर्बिया: ३५ प्रतिशत

इन्डोनेसिया: ३२ प्रतिशत

बोस्निया-हर्जेगोविना, दक्षिण अफ्रिका: ३० प्रतिशत

ट्युनिसिया, मलेशिया, कजाखस्तान, दक्षिण कोरिया, जापान: २५ प्रतिशत

यस घोषणासँगै ट्रम्प प्रशासनको व्यापारिक कूटनीति अझै आक्रामक भएको देखिन्छ । ट्रम्पको चालले विश्वव्यापी व्यापार सम्बन्धमा प्रभाव पार्न सक्ने विश्लेषकहरू बताउँछन् ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  २ : ५१ बजे

सभापति थापाले ल्याए कांग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसाका सभापति गगनकुमार थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमितिको

हङकङेली नेपालीका रोजगार एप ‘जबलिङ्क कनेक्ट’ सार्वजनिक

हङकङ – हङकङका नेपाली व्यवसायीद्वारा पहिलोपटक विकसित गरिएको मोबाइल एप्लिकेसन

किमको आणविक अडान कडा

सियोल- उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट

देउवा पक्षलाई गगनको सन्देश : मैले हाँकेको गाडी अघि बढिसक्यो, यदि कोही छुट्छ भने त्यो मेरो कुरा होइन

ललितपुर‍- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा

जाँदाजाँदै कर्मचारीमाथि किन खनिन्छन् मन्त्री-प्रधानमन्त्री, पूर्वसचिव भन्छन्- ‘कार्यक्षेत्रकै भेउ पाउँदैनन्’

काठमाडौं– केही दिन अगाडी सहरी विकास मन्त्री कुमार इङ्नामले कर्मचारीहरूले