नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि पनि « Khabarhub

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि पनि


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

बैठकका एजेन्डामाथि केन्द्रीय सदस्यहरू बोल्ने क्रम बाँकी भएको कारण बुधबार फेरि बस्ने गरी बैठक स्थगित भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार, बैठकमा मंगलबार २८ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।

बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औँ महाधिवेशन तयारी, उमेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिलगायत विषयमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने प्रवक्ता चालिसेले बताए ।

“हामीले विभिन्न ११ वटा बैठकका एजेन्डाहरू तय गरेका छौँ । आज यी एजेन्डाहरूमाथि २८ जना केन्द्रीय सदस्यहरूलेआफ्नो धारणा राखिसक्नुभएको छ । बाँकी साथीहरूले भोलिको बैठकमा भाग लिनुहुनेछ,” चालिसेले भने, “भोलि नै हामी सबै विषयहरूमा निष्कर्षमा पुग्नेछौँ । सबै कुराहरू छलफलकै क्रममा रहेकोले आज केही निर्णय भएको छैन ।”

मंगलबारको बैठकको सुरुमा सभापति गगनकुमार थापाले अगामी भदौ २४–२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ८ : ५३ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय