भरतपुरमा अब नमस्ते चोकदेखि मेयर चोकसम्म रात्रीकालीन बजार « Khabarhub

भरतपुरमा अब नमस्ते चोकदेखि मेयर चोकसम्म रात्रीकालीन बजार


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकामा उत्पादन भएका सामग्रीहरूको प्रवर्द्धनका लागि रात्रिकालीन बजार सुरु गर्न लागिएको छ । भरतपुर महानगरपालिका–२ को नमस्ते चोकदेखि मेयर चोकसम्म बजार प्रवर्द्धनका लागि रात्रिकालीन बजार सुरु गर्न लागिएको हो ।

स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्य सहित रात्रिकालीन बजार सुरु गर्न लागिएको वडा नम्बर २ का वडाध्यक्ष मनोज रानाभाटले बताए। हरेक शुक्रबार साँझ ६ बजेदेखि १० बजेसम्म बजार सञ्चालन हुने उनले जानकारी दिए।

अध्यक्ष रानाभाटका अनुसार स्थानीय तथा प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजार सञ्चालन गर्ने तयारी गरिएको हो । यही असार २७ गते शुक्रबारबाट बजार सञ्चालनमा ल्याउन लागिएको उनले बताए। बजारमा वडा बासीलाई प्रदर्शनी कक्षहरू निःशुल्क प्रदान गरिने छ भने महानगर बासीलाई सामान्य शुल्क लिएर स्टल प्रदान गर्न लागिएको हो ।

उनले भने, “आफ्नै घरमा उत्पादन भएका प्राङ्गारिक बस्तु तथा अन्य उत्पादित बस्तुले सहजै बजार पाओस भन्ने उद्देश्यले बजार सुरु गर्न लागिएको हो ।”यसले स्वरोजगारलाई प्रवर्द्धन गर्न सहज हुने विश्वास लिइएको छ ।

रात्रिकालीन बजारमा स्थानीय तरकारी, फलफूल, घरमै बनाएको अचार, हस्तकला, रेष्टुरेण्ट, कपडा लगायतका प्रदर्शनी कक्षहरु रहने छन । रात्रिकालीन बजार क्षेत्रभित्र सडकमा कुनै सवारी साधन चलाउन नपाइने र सडकपेटीमा कक्षहरू राखिने व्यवस्था मिलाइएको छ ।

पहिलो शुक्रबार ६० भन्दा बढि कक्षहरू रहने छन् । उक्त बजारमा स्वच्छ खानेपानी, शौचालयको सुविधा, पार्किङ लगायत २४ सै घण्टा सिसिटीभीले निगरानी गरिने छ । उपभोक्ताले गुणस्तरीय तथा सहुलियत रुपमा सामान खरिद गर्न पाउने अध्यक्ष रानाभाटले बताए।
 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ३ : ३९ बजे

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार