पाकिस्तानमा भारी वर्षा, ११ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा भारी वर्षा, ११ जनाको मृत्यु


२६ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेनसी – पाकिस्तानको लाहोर, पञ्जाब प्रान्तका वरपरका जिल्लाहरू र बलुचिस्तानका केही भागमा भारी मनसुनी वर्षाले कम्तीमा ११ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको डनले बुधबार रिपोर्ट गरेको छ ।

डनका अनुसार भारी वर्षाले व्यापक बाढी निम्त्याउँदा दैनिक जीवनमा गम्भीर रूपमा बाधा पुगेको छ । लाहोरमा, मुषलधारे वर्षाले तल्लो छेउछाउ र प्रमुख सडकहरू डुबानमा पारेको बताइएको छ ।  

लाहोरको वाटर एन्ड सेनिटेसन एजेन्सी (वास) को तथ्यांकअनुसार यस क्षेत्रमा औसत ५८.८ मिलिमिटर, निश्तार टाउनमा सबैभन्दा बढी ८४ मिलिमिटर, लक्ष्मी चोकमा ७८ मिलिमिटर र पानीवाला तालाबमा ७४ मिलिमिटर वर्षा भएको छ ।

पन्जाब प्रान्तका अन्य ठाउँमा, खानवाल (५१ मिमी) रावलपिन्डी (४२ मिमी) साहीवाल (४४ मिमी), मुर्री (४१ मिमी), ओकारा (३० मिमी) र अन्य सहित विगत २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा रेकर्ड गरिएको छ । गुजरानवाला, बहावलपुर र मुल्तान लगायत अन्य धेरै सहरमा पनि वर्षाको अनुभव भएको छ ।

पाकिस्तानको आपतकालीन सेवा, उद्धार ११२२ का अनुसार पन्जाबभरि वर्षासँग सम्बन्धित घटनामा नौ जनाको मृत्यु भएको छ । यसैबीच, बलुचिस्तानमा भारी वर्षा र तीव्र बतासका कारण मृत्यु र क्षति भएको छ ।

 खुजदार र मस्तुङ जिल्लामा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको डनले जनाएको छ । 

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ३ : ५२ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६