ब्रिक्स शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री मोदी स्वदेश फिर्ता « Khabarhub

ब्रिक्स शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री मोदी स्वदेश फिर्ता


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाई २ देखि ९ सम्मको आफ्नो पाँच राष्ट्रको भ्रमण समाप्त गर्दै बिहीबार बिहान नयाँदिल्ली फर्किएका छन् । 

कूटनीतिक भ्रमणले घाना, ट्रिनिडाड एन्ड टोबागो, अर्जेन्टिना, ब्राजिल र नामिबियालाई समेटेको थियो र ब्राजिलको अध्यक्षतामा रियो दि जेनेरियोमा आयोजित १७औँ ब्रिक्स शिखर सम्मेलनमा उनको सहभागिता समावेश थियो ।

भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री मोदी जुलाई २ मा घानाको राजधानी अक्रामा पुगेका थिए। यो ३० वर्षभन्दा बढी समयपछि कुनै भारतीय प्रधानमन्त्रीको पश्चिम अफ्रिकी राष्ट्रको पहिलो भ्रमण हो । 

आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले घानाका राष्ट्रपति जोन महामासँग बलियो साझेदारीको समीक्षा गर्न र आर्थिक, ऊर्जा र रक्षा सहयोग तथा विकास सहयोगको माध्यमबाट यसलाई बढाउन थप मार्गहरूबारे छलफल गर्न द्विपक्षीय वार्ता गरे ।

जुलाई ३ मा उनले ट्रिनिडाड एन्ड टोबागोको भ्रमण गरे । प्रधानमन्त्रीका रूपमा क्यारिबियन राष्ट्रको उनको यो पहिलो आधिकारिक तथा सन् १९९९ पछि प्रधानमन्त्री–स्तरमा पहिलो भ्रमण हो । उनले आफ्ना समकक्षी कमला प्रसाद–बिसेसरलाई भेटे र देशको संसद्लाई सम्बोधन गरे ।

भ्रमणका क्रममा उनले विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार ट्रिनिडाड एन्ड टोबागोका भारतीय डायस्पोराको छैटौँ पुस्तासम्म ओभरसिज सिटिजनसिप अफ इन्डिया (ओसिआई) कार्ड जारी गर्ने निर्णयको घोषणा गरे ।

प्रधानमन्त्री मोदीले जुलाई ४ मा ब्युनस आयर्सको भ्रमण गरे । त्यहाँ उनले अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईसँग द्विपक्षीय छलफल गरी जारी सहयोगको समीक्षा गरे । साथै उनले रक्षा, कृषि, खानी, तेल र ग्यास, नवीकरणीय ऊर्जा, व्यापार, लगानी र जनता–जनता सम्बन्ध लगायत प्रमुख क्षेत्रहरूमा भारत–अर्जेन्टिना साझेदारीलाई अझ बढाउने तरिकाहरूबारे छलफल गरे ।

प्रधानमन्त्री मोदीले जुलाई ६ देखि ७ सम्म ब्राजिलको रियो दि जेनेरियोमा भएको १७औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिए।

उनले ब्राजिलको राजकीय भ्रमण पनि गरे र पछि ब्रासिलियाको भ्रमण गरे । त्यहाँ उनले राष्ट्रपति लुलासँग व्यापार, रक्षा, ऊर्जा, अन्तरिक्ष, प्रविधि, कृषि लगायत आपसी हितका क्षेत्रहरूमा रणनीतिक साझेदारी विस्तार गर्न द्विपक्षीय छलफल गरे ।

ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले प्रधानमन्त्री मोदीलाई ब्राजिलको सर्वोच्च नागरिक सम्मान ’द ग्रान्ड कलर अफ द नेसनल अर्डर अफ द साउदर्न क्रस’ बाट सम्मानित गरे ।

आफ्नो भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री मोदीले नामिबियाको भ्रमण गरे ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ४ : ४७ बजे

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही