पहिरोमा बेपत्ता एक बालकको शव भेटियो « Khabarhub

पहिरोमा बेपत्ता एक बालकको शव भेटियो


२६ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ लुम्पीपारको पहिरोमा पुरिएर बेपत्ता भएका थप एक बालकको शव भेटिएको छ । 

घाँस काट्न पाखोबारीमा गएका मालिका–३ लुप्सीपारका १३ वर्षीय सरोज विकको शव आज भेटिएको हो । उनी बुधबार दिउँसो पहिरोमा पुरिएर बेपत्ता भएका थिए । 

नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, जनप्रतिनिधि र स्थानीयवासीको संयुक्त टोलीले बिकको शव फेला पारेका मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए ।  

उक्त पहिरोमा पुरिएर सरोजका बुवा ३५ वर्षीय जगेन्द्र विकको पनि मृत्यु भएको थियो । घर नजिकैको पाखामा दिउँसो घाँस काट्ने क्रममा माथिबाट पहिरो खसेर उनिहरुलाई पुरेको प्रहरी निरीक्षक सागर पौडेलले बताए। 
 

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ५ : ३९ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६