साउन ७ गते पुष्पलालको जन्म दिवस मनाउने माओवादीको निर्णय « Khabarhub

साउन ७ गते पुष्पलालको जन्म दिवस मनाउने माओवादीको निर्णय


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले रसुवामा आएको बाढीमा परेकाको उद्धारका साथै राहत तथा पुनर्स्थापनाका लागि गम्भीरतापूर्वक काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले बाढीमा परि मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धारका साथै राहत तथा पुनर्स्थापनाका लागि गम्भीरतापूर्वक काम गर्न सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकले प्राकृतिक प्रकोपका कारण भविष्यमा हुनसक्ने क्षतिहरूको पनि अहिले नै गम्भीर तयारी गर्न समेत माग गरेको उनले बताए । बैठकले साउनको ७ गते पुष्पलालको जन्म दिवस मनाउने निर्णय गरेको उनले जनकारी दिए  । 

त्यस्तै बैठकले आन्तरिक तथा संगठनात्मक विषयमा केही निर्णयहरू भएको प्रवक्ता सापकोटाले बताए ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ७ : ०८ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक