क्यानडामा कपिल शर्माले तीन दिनअघि मात्रै उद्घाटन गरेको क्याफेमा गोली प्रहार « Khabarhub

क्यानडामा कपिल शर्माले तीन दिनअघि मात्रै उद्घाटन गरेको क्याफेमा गोली प्रहार


२६ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

ओटावा- क्यानडाको ब्रिटिश कोलम्बिया सरे शहरस्थित भारतीय कमेडियन कपिल शर्माको क्याफेमा बुधबार राति अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन्।

तीन दिनअघि मात्रै कपिलले उद्घाटन गरेको उक्त‘कप्स क्याफे’ मा ९ राउन्ड गोली प्रहार गरिएको हो ।

क्याफे कपिल शर्मा र उनकी पत्नी गिन्नी चतरथले सञ्चालनमा ल्याएका हुन्।

आक्रमणको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा एक व्यक्ति कारभित्रै बसेर क्याफेतर्फ गोली चलाइरहेका छन् ।

अहिलेसम्म घटनामा कोही घाइते भएको खबर छैन। भारतीय समाचार रिपोर्टहरू अनुसार, खालिस्तानी चरमपन्थी हरजीत सिंह लाडीले यस हमलाको जिम्मेवारी लिएको दाबी गरिएको छ।

हरजीत सिंह भारतको नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआईए) को मोस्ट वान्टेड सूचीमा सूचीकृत छन् । यस घटनाले भारत र क्यानडाबीच बढ्दो खालिस्तानी गतिविधिलाई लिएर फेरि तनाव बढ्ने देखिएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ७ : २१ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६