इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास « Khabarhub

इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजामा इजरायली सेनाको ठूलो उपस्थितिसहित कुनै पनि युद्धविराम सम्झौता असम्भव भएको प्यालेष्टिनी सहस्त्र लडाकू समूह (हमास) ले बताएको छ।

हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका १० जनालाई रिहा गर्न सहमत भएको जनाएको छ । दुवै पक्षले अस्थायी युद्धविरामका लागि सहमति जनाउन आइतबारदेखि कतारमा अप्रत्यक्ष वार्ता गरिरहेका छन् र संयुक्त राज्य अमेरिकाले आगामी दिनमा ६० दिनको युद्धविराम हुनेमा आशावादी रहेको बताएको छ ।
 
गाजामा सहायताको स्वतन्त्र प्रवाह र इजरायली सैन्य गतिविधिको अन्त्य हुनुपर्ने र यो नै स्थायी शान्तिको लागि ‘वास्तविक सुनिश्चतता’ को लागि आफ्नो मागको रहेको हमासले बताएको छ ।

हमासका वरिष्ठ अधिकारी बासेम नइमले बिहीबार एएफपीसँग भने, ‘हामी हाम्रो भूमिमाथिको कब्जालाई निरन्तरता दिने र इजरायलको नियन्त्रणमा रहेका एकान्त इलाकाहरूमा हाम्रा मानिसहरूले आत्मसमर्पण गरेको स्वीकार गर्न सक्दैनौँ ।’

‘दोहामा जारी वार्ताको वर्तमान चरणमा वार्ता टोलीले अहिलेसम्म यही कुरा प्रस्तुत गरिरहेको छ,’ उनले भने ।

हमासले इजिप्टको सिमानामा रहेको राफा र दक्षिणी शहर र खान युनिसको बीचमा रहेको तथाकथित मोराग करिडोरमा इजरायलको नियन्त्रणको विरोध गरेको उनले बताए । नइमले अमेरिका र इजरायलसमर्थित समूहले हाल प्रदान गर्दै आएको सहायताको अन्त्य गर्न चाहेको पनि बताएका छन् ।

बिहीबार मध्य गाजाको देइर अल–बलाहस्थित एक मेडिकल प्वाइन्टमा इजरायली आक्रमणमा परी आठ बालबालिकासहित १७ जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ७ : ४५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको