पार्टी हितविपरीत काम नगर्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत « Khabarhub

पार्टी हितविपरीत काम नगर्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत


२६ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाली कांग्रेसले पार्टी विरुद्ध गतिविधिमा संलग्न भएको भन्दै देशभरका २६ जना नेता तथा कार्यकर्तालाई सचेत गराएको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिले बिहीबार जारी गरेको विज्ञप्तिमा उनीहरूलाई अबदेखि पार्टी हितविपरीत कुनै पनि कार्य नगर्न औपचारिक चेतावनी दिइएको उल्लेख गरिएको छ।

समितिका अनुसार २०७९ सालको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उजुरी परेका कार्यकर्तामध्ये कैलालीका २ जना, डोल्पाका १० जना, सल्यानका ११ जना, दैलेख, खोटाङ र धनुषाका १–१ जना गरी जम्मा २६ जनालाई सचेत गराउने निर्णय गरिएको हो।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार, प्राप्त अन्य उजुरीहरू अझै पनि छानबिनको प्रक्रियामा रहेका छन्।

त्यसैगरी, निर्वाचनमा पार्टी वा पार्टीद्वारा समर्थन प्राप्त उम्मेदवारविरुद्ध स्वतः उम्मेदवारी दिएका, तिनका प्रस्तावक तथा समर्थक बनेर विधानविपरीत कार्यमा संलग्न भएका कारण स्वतः निष्कासनमा परेका व्यक्तिहरूले आफूविरुद्धको कारबाही फुकुवा गर्न पुनरावेदन दर्ता गराएका छन्।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  १० : १० बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले