युक्रेन वार्ताअघि बेलायत र अमेरिकी उच्च अधिकारीको छलफल « Khabarhub

युक्रेन वार्ताअघि बेलायत र अमेरिकी उच्च अधिकारीको छलफल


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुस र अमेरिकाको वार्ता हुनुअघि नै युक्रेन वार्ताको विषयमा अमेरिका र बेलायती अधिकारीले छलफल गरेका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्स र बेलायती विदेश मन्त्री डेभिड लेमीबीच शनिबार छलफल भएको हो।

अमेरिकाको आग्रहमा भएको सो छलफलमा युक्रेनी अधिकारी र युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारको उपस्थिति थियो। अलास्कामा साताको अन्त्यमा युक्रेनको अनुपस्थितिमा हुन लागेको रुस र अमेरिकाको छलफलका बारे राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले चासो र चिन्ता व्यक्त गरेपछि सो छलफल हुन लागेको हो।
शनिबार केन्टमा रहेको लेमीको आवासीय भवनमा छलफल भएको हो।

युक्रेनका राष्ट्रिय सुरक्षा सल्लाहकार रुस्तम उमेरोभ र जेलेन्सकीका कार्यालय प्रमुख आन्द्रे यर्माकको उपस्थितिमा भएको छलफलमा अमेरिका, बेलायत, युरोपेली युनियन, फ्रान्स, जर्मनी, इटाली, फिनल्यान्ड र नाटोका अधिकारीको उपस्थिति थियो।

ट्रम्प र पुटिनबीच १५ अगस्टमा भेटवार्ता हुनेछ। युद्ध अन्त्यका लागि युक्रेनले केही भाग छाड्नु पर्ने आशय ट्रम्पले व्यक्त गरेपछि यो छलफल भएको हो।

गएको तीन वर्षदेखि युद्ध भइरहेको भूमिमा धेरै रसियन र धेरै युक्रेनीको ज्यान गइसकेको छ। शनिबारको बैठकपछि युरोपेली नेताले युक्रेनको पक्षमा रहेको बताउँदै सो वार्तामा युक्रेनको पनि आवश्यकता भएको ठहर गरेका छन्।

रुसले धेरै युक्रेनी भूमिको माग गरिहेको छ भने ट्रम्प जसरी भए पनि युद्ध अन्त्य गराउने प्रयासमा छन्। जेलेन्सकी यसरी धेरै भूभाग गुमाउन चाहँदैनन् तर उनी सिधै ट्रम्पको प्रस्तावको विरोध गर्न सक्दैनन्।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : ५९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु