युक्रेन वार्ताअघि बेलायत र अमेरिकी उच्च अधिकारीको छलफल « Khabarhub

युक्रेन वार्ताअघि बेलायत र अमेरिकी उच्च अधिकारीको छलफल


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुस र अमेरिकाको वार्ता हुनुअघि नै युक्रेन वार्ताको विषयमा अमेरिका र बेलायती अधिकारीले छलफल गरेका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्स र बेलायती विदेश मन्त्री डेभिड लेमीबीच शनिबार छलफल भएको हो।

अमेरिकाको आग्रहमा भएको सो छलफलमा युक्रेनी अधिकारी र युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारको उपस्थिति थियो। अलास्कामा साताको अन्त्यमा युक्रेनको अनुपस्थितिमा हुन लागेको रुस र अमेरिकाको छलफलका बारे राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले चासो र चिन्ता व्यक्त गरेपछि सो छलफल हुन लागेको हो।
शनिबार केन्टमा रहेको लेमीको आवासीय भवनमा छलफल भएको हो।

युक्रेनका राष्ट्रिय सुरक्षा सल्लाहकार रुस्तम उमेरोभ र जेलेन्सकीका कार्यालय प्रमुख आन्द्रे यर्माकको उपस्थितिमा भएको छलफलमा अमेरिका, बेलायत, युरोपेली युनियन, फ्रान्स, जर्मनी, इटाली, फिनल्यान्ड र नाटोका अधिकारीको उपस्थिति थियो।

ट्रम्प र पुटिनबीच १५ अगस्टमा भेटवार्ता हुनेछ। युद्ध अन्त्यका लागि युक्रेनले केही भाग छाड्नु पर्ने आशय ट्रम्पले व्यक्त गरेपछि यो छलफल भएको हो।

गएको तीन वर्षदेखि युद्ध भइरहेको भूमिमा धेरै रसियन र धेरै युक्रेनीको ज्यान गइसकेको छ। शनिबारको बैठकपछि युरोपेली नेताले युक्रेनको पक्षमा रहेको बताउँदै सो वार्तामा युक्रेनको पनि आवश्यकता भएको ठहर गरेका छन्।

रुसले धेरै युक्रेनी भूमिको माग गरिहेको छ भने ट्रम्प जसरी भए पनि युद्ध अन्त्य गराउने प्रयासमा छन्। जेलेन्सकी यसरी धेरै भूभाग गुमाउन चाहँदैनन् तर उनी सिधै ट्रम्पको प्रस्तावको विरोध गर्न सक्दैनन्।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : ५९ बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका