कृषि विकास बैंकको नाफा बढ्यो « Khabarhub

कृषि विकास बैंकको नाफा बढ्यो


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंकले अघिल्लो आर्थिक वर्ष (आव) ०८०-८१ को तुलनामा गत आर्थिक वर्षमा नाफा वृद्धि गरेको छ । गत आव ०८१-८२ को तेस्रो चौमासिक अवधिको तथ्यांकअनुसार बैंकले गत आवमा ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आवमा यस्तो नाफा २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ मात्रै गरेको थियो ।

बैंकले गत आवमा खुद ब्याज आम्दानी ९ अर्ब ८२ करोड १४ लाख ८४ हजार आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो आवको सोही अवधिमा १० अर्ब ५५ करोड २७ लाख ८१ हजार रुपैयाँ गरेको थियो । बैंकले गत आवमा कुल सञ्चालन आम्दानी भने केही ११ अर्ब ९९ करोड ५८ लाख २१ हजार गरेको छ । जुन आम्दानी अघिल्लो आवमा यस्तो आम्दानी १२ अर्ब २२ करोड २ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

बैंकले गत आवमा कुल सञ्चालन नाफा ५ अर्ब ८४ करोड ७६ लाख २७ हजार रुपैयाँ गरेको छ । जुन नाफा अघिल्लो आवको सोही अवधिमा ४ अर्ब १३ करोड ८८ लाख ५८ हजार रुपैयाँ गरेको थियो ।

बैंकले गत आवमा प्रतिशेयर नाफा १५.५८ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । बैंकको जोखिमभारित पुँजीकोष भने अघिल्लो आवको तुलनामा वृद्धि भएर १३.३६ प्रतिशत पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिसम्म १२.७४ प्रतिशत रहेको थियो । 

त्यस्तै, गत आवको समीक्षा अवधिसम्म बैंकको कुल कर्जामा खराब कर्जा ३.२६ प्रतिशत पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा कम हो ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ११ : ३४ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । पाटी

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ