केन्द्रीय भूमिकाबिना पर्दामा नफर्किने कलाकार आशिषको घोषणा | Khabarhub Khabarhub

केन्द्रीय भूमिकाबिना पर्दामा नफर्किने कलाकार आशिषको घोषणा


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनय क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएका दिग्गज कलाकार आशिष विद्यार्थीले आफू किन हाल फिल्महरूमा कम देखिनुको कारणबारे खुला रूपमा जवाफ दिएका छन्। 

आशिषले आफ्नो भ्लगमार्फत  ‘केन्द्रिय भूमिका’ मा मात्र अभिनय गर्न इच्छुक भएकोले अहिले कम पर्दामा देखिन थालेको बताएका छन् ।

उनले आफ्नो ३० वर्षे करियरको गौरवमय यात्राको कुरा गर्दै भने, ‘मैले ११ भाषामा ३०० भन्दा बढी फिल्ममा काम गरेको छु। म आफैं स्विकार्छु – म एक उत्कृष्ट अभिनेता हुँ । मेरो करियरमा मैले अद्भूत भूमिकाहरू निभाएको छु । तर अहिले म त्यस्ता अद्भूत केन्द्रीय भूमिकाको खोजीमा छु, जुन अहिलेसम्म मलाई प्रस्ताव गरिएको छैन ।’

उनी अगाडि भन्छन्, ‘म निर्देशक, निर्माता र कास्टिङ निर्देशकहरूसँग कुरा गर्छु र भन्छु, ‘अहिलेसम्म केन्द्रीय भूमिका पाएन भने पनि यसको मतलब अब पाउन सक्दिनँ भन्ने होइन’ । म आभारी छु कि मेरो ३० वर्षको करियरमा मैले ११ फरक भाषामा ३०० फिल्म गरेको छु । तर अब मैले निर्णय गरेको छु कि म केही राम्रो केन्द्रीय भूमिकाहरू मात्र गर्न चाहन्छु ।’

आशिषले जीवनमा कुनै प्रकारको रिस नराख्ने पनि बताए र वर्तमान अवस्थामा आफूसँग भएका समयलाई मोटिभेसनल स्पिकिङ, ब्लगिङ, र सिर्जनात्मक काममा लगाएको बताए। उनी हाल एक  कमेडी स्केच पनि लेखिरहेका छन्।

आशिषले नेपाली र भारतीय फिल्म उद्योगका दर्जनौं चर्चित फिल्महरूमा अभिनय गरेर आफ्नो छवि बनाएका छन्। 

उनका चर्चित फिल्महरूमा द्रोहकाल, १९४२ : अ लभ स्टोरी, बाजी, मृत्युदाता, जिद्दी, मेजर साहब, सोल्जर, हसीना मान जाएगी, अर्जुन पंडित, र वास्तव समावेश छन्।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १२ : १२ बजे

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा

फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै

सहकारी ठगीमा दोषी प्रमाणित भएका तीन जना पक्राउ

नेपालगञ्ज – नेपालगञ्जको तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु

एनपीएलको ट्रफी टुर शनिबारदेखि हुने, ८ सहरमा लगिने (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको ट्रफी टुर