गाजा कब्जा गर्ने इजरायली निर्णयपछि बस्दै राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक « Khabarhub

गाजा कब्जा गर्ने इजरायली निर्णयपछि बस्दै राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएससी) ले गाजा सिटी कब्जा गर्ने इजरायलको योजनाबारे छलफल गर्न आकस्मिक बैठक बस्ने भएको छ।

गत शुक्रबार इजरायली सुरक्षा क्याबिनेटले अनुमोदन गरेको उक्त योजनाले अन्तर्राष्ट्रिय आलोचना भोगिरहेको छ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले यसलाई गाजा पट्टीमा २२ महिना लामो युद्धको बीचमा आएको ‘खतरनाक उभार’ भनेका छन्।

डेन्मार्क, फ्रान्स, ग्रीस, बेलायत र स्लोभेनियाको अनुरोधमा बोलाइएको यो बैठक न्यूयोर्कमा स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुनेछ। युएनएससी प्रतिवेदन अनुसार, अमेरिकाबाहेकका सबै सदस्यले बैठक आह्वानको पक्षमा मतदान गरेका थिए।

संयुक्त राष्ट्रका प्रतिवेदकहरूले गाजाको मुख्य सहर कब्जा गर्दा हुने सम्भावित परिणामबारे विवरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

इजरायलको निर्णयपछि जर्मनी, बेलायत, इटाली, न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त विज्ञप्ति जारी गर्दै योजनालाई अस्वीकार गरेका छन्।

विज्ञप्तिमा यस कदमले मानवीय सङ्कट अझ गहिरो बनाउने, बन्धकको ज्यान जोखिममा पार्ने र ठूलो संख्यामा सर्वसाधारण विस्थापन हुने चेतावनी दिइएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १ : ४३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका