राजेन्द्र वाग्लेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक « Khabarhub

राजेन्द्र वाग्लेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपन्यासकार राजेन्द्र वाग्लेले लेखेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक भएको छ ।

साहित्यिक पत्रकार सङ्घको आयोजना र भुँडीपुराण प्रकाशन सहआयोजनामा आइतबार उक्त कृतिको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा, वरिष्ठ समालोचक प्रमोद प्रधान, अभिनेता सरोज खनालले संयुक्तरुपमा सार्वजनिक गरेका छन् ।

पूर्व प्रधानन्यायाधीश कार्कीले उपन्यासमा आम जनताले न्यायापालिकाले गर्ने काम, न्यायाधीशको जीवनशैली र उपन्यासकारले २५ वर्षको न्याय क्षेत्रमा बिताएका अनुभव र भावनालाई सिर्जनामा समेटिएको बताइन् ।

‘न्याय दिने संस्था अपरिहार्य छ, न्यायको अन्तिम आशाको केन्द्रविन्दु न्यायालय नै हो’, उनले भनिन्, ‘न्यायालयका कुरा आम जनतामा ल्याउनु पनि साहसको विषय हो, जुन वाग्लेले गर्नुभयो ।’

न्यायालय प्राविधिक क्षेत्रको भएको उल्लेख गर्दै पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन्, ‘न्यायाधीशको आँखाले न्यायलाई हेर्छु भन्दा महाअभियोग लाग्छ, महाअभियोग लगाउने धम्की आउँछ, राम्रो काम गर्छु भन्दा पनि कठिन छ ।’ उपन्यासमा सरल भाषा शैली, सान्दर्भिक उखान टुक्काको प्रयोग गरिएको र राम्रा शब्द चयन गरिएको उनको भनाइ थियो ।

न्यायाधीश खतिवडाले उपन्यासमा न्यायिक क्षेत्रको सिङ्गो जीवन समेटिएको र जीवनका उकाली, ओराली, हाँसो, पीडा सबै समेटिएकाले जीवन्त भएको बताए ।

‘उपन्यासमा ६० प्रतिशत वास्तविकता र ४० प्रतिशत काल्पनिक छ’, उनले भने, ‘सौरव भन्ने मूल पात्रले न्यायालयमा प्रवेश गर्छ, इमानदार भएर काम गर्छ, तर अन्तिममा महाअभियोग लगाइन्छ ।’ 

शारदा मासिकका सम्पादक विमल रोक्काले उपन्यास पढ्नका लागि निकै उपयोगी र जीवन्त भएको बताए । अभिनेता खनालले न्यायका लागि मानिसहरू न्यायालय जानै पर्ने र न्यायालयभित्र कस्तो कस्तो अभ्यास भइरहेको छ भन्ने कुरा कृतिमा प्रस्ट भएको बताए ।

वरिष्ठ समालोचक प्रधानले उपन्यासको माध्यमबाट जीवनमा सम्झन र बिर्सन लायक घटनाहरूको सँगालो प्रस्तुत गरेको र न्यायसँग सम्बन्धित लेखनीय पाटो सुन्दर भएको अनुभव सुनाए ।

उपन्यासकार वाग्लेले आफूले न्यायालयमा २५ वर्ष बिताउँदाका अनुभवलाई कृतिमार्फत बाहिर ल्याउने प्रयास गरेको जानकारी गराए । साहित्यिक पत्रकार सङघका अध्यक्ष राधेश्याम लेकालीले न्याय पाउनका लागि विश्वसनीय र अन्तिम स्थान न्यायालय भएको र त्यसको महत्त्व उपन्यास पाउन सकिने भनाइ राखे ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : १२ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा