टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने क्रिकेट टोलीलाई बिदाइ « Khabarhub

टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने क्रिकेट टोलीलाई बिदाइ


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो । राखेप सदस्य सचिव टंकलाल घिसिङ लगाएत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए ।

त्यस्तै कार्यक्रममा क्यान र नासा सेक्युरिटिजबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजकको सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सिरिजमा भाग लिने टोलीमा एक परिवर्तन भएको छ । ललित राजवंशीको ठाउँमा साहब आलमले खेल्ने भएका छन् ।  

अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो । 

अस्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगिता अगस्ट १४ देखि २४ सम्म हुनेछ । टप एन्ड टी–२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार अस्ट्रेलिया प्रस्थान गर्ने क्यानले जनाएको छ । 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : २१ बजे

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद