कैलाली कारागारमा तीन दिनपछि पसे सुरक्षाकर्मी, कैदीबन्दीको गणना गरिँदै « Khabarhub

कैलाली कारागारमा तीन दिनपछि पसे सुरक्षाकर्मी, कैदीबन्दीको गणना गरिँदै


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

कैलाल- कैलाली कारागारस्थित कैदीबन्दी रहेको स्थानमा तीन दिनपछि सुरक्षाकर्मी प्रवेश गरेका छन् ।

शुक्रबार राति एकजनाको ज्यान जाने गरि भएको झडपपछि अवस्था शान्त नहुँदा सुरक्षाकर्मी पस्न सकेका थिएनन् । तीन दिनसम्म कैदीबन्दीको कब्जामा रहेको कारागारमा आइतबार बल्ल नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पसेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी हतियार लिएर कारागारभित्र छिरेका छन्। उनीहरूका साथमा राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि छ ।

शुक्रबार राति भएकव हिंसात्मक झडपका क्रममा शुक्रबार राति एकजनाको ज्यान जाँदा अरू ४९ जना घाइते भएका थिए ।

घटनाको ४० घण्टापछि सुरक्षा निकाय कैदीबन्दी राखिएका स्थानमा पुगेका हुन् । अहिले मानवधिकार आयोग सुदूरपश्चिमका कर्मचारी पनि त्यहाँको अवस्था अनुगमनमा खटिएका छन् ।

दुई महिनायता कैलाली कारागारमा निरन्तर झडप हुँदै आएको छ। जेलभित्रको भ्रष्टाचार, गुटबन्दी र कैदीबन्दीको नेतृत्व लिनेसहितका विषयमा द्वन्द्व हुने गरेको छ ।

शुक्रबार रातिको झडपमा धनगढी उपमहानगरपालिका–४ निवासी भरत चौधरीको मृत्यु भएको थियो । कारागारबाट केही कैदी सरुवापछि माहोल बिग्रिएको बताइएको छ। कैदीका नाइके अशोक रावललाई अन्य कारागारमा पठाएपछि तनाव देखिएको बताइएको छ ।

शुक्रबार राति ब्लक ए का कैदीले ब्लक बी का कैदीमाथि कुटपिट गर्दा गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । मृतक चौधरी लागुऔषध कारोबार मुद्दाका कैदी थिए ।

घाइते ४७ कैदीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। झडपछि नियन्त्रणबाहिर गएको कारागारको अवस्था बल्ल शान्त भएको हो ।

कैदीबन्दीले जेल कब्जा गरेपछि सुरक्षाकर्मी छिर्न सकेका थिएनन् । यस घटनामा त्यहाँका प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई जिम्मेवार मानिएको छ ।

पटक पटक झडप हुँदा पनि कारागारसमेत मातहतमा रहेका प्रजिअ हमालले अवस्था शान्त बनाउन पहल नगरेको आरोप लागेको छ । हमालले अवस्था सम्हाल्न नसक्दा गृहमन्त्री रमेश लेखकले नै हस्तक्षेप गर्नु परेकोछ । उनले यसका लागि छलफल गर्न सुरक्षा निकायका प्रमुखसहितको बैठक पनि राखे ।

यसैबीच जिल्ला कारागारमा कैदी हिंसात्मक झडपपछि तनावमा रहेका आफन्तहरू कैद भुक्तान गरिरहेका नाता भेट्न आइरहेका छन् ।

तीन दिनपछि कारागार प्रशासनले आफन्तलाई कैदीसँग भेट र कुरा गर्न दिन थालेको छ। त्यहीकारण कारागार परिसरमा आफन्तको भिड लागेको छ।

दुई महिनाअघि पनि कैलाली कारागारमा भएको झडपामा एकजना कैदीको मृत्यु भएको थियो। उक्त प्रकरणमा एकजना प्रहरी नावय निरीक्षकलेसमेत मुद्दा खेपिरहेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : ४४ बजे

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको