नाइजेरियामा आपराधिक समूहको आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु « Khabarhub

नाइजेरियामा आपराधिक समूहको आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नाइजेरिया – नाइजेरियाको जामफारा राज्यस्थित बुक्कुयुम जिल्लाको आदब्का गाउँमा सशस्त्र आपराधिक समूहको आक्रमणमा परी १३ सुरक्षाकर्मीको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा ११ जना स्थानीय स्वयंसेवक (वाच समूह) र दुई जना प्रहरी अधिकृत रहेका छन् ।

शुक्रबार राति ठूलो सङ्ख्यामा आएका आक्रमणकारीले गाउँमा आक्रमण गरी केही बासिन्दालाई अपहरण गरेका थिए । अपहरितको उद्धारमा खटिएको सुरक्षाकर्मी टोलीमाथि घात लगाएर गोली प्रहार गरिएको स्थानीय सांसद हामिसु फारुले जानकारी दिए ।

फारुका अनुसार, आक्रमणपछि आक्रमणकारीहरू नजिकैको वन क्षेत्रमा लुकेका छन्, जसका कारण मृतकको शव संकलन कार्यमा कठिनाइ भएको छ । यस्तै, कैयौँ गाउँले थप आक्रमणको त्रासमा आफ्नो घर छाडेर विस्थापित भएका छन् ।

सांसद फारुले बताएअनुसार, उक्त वन क्षेत्रमा करिब पाँच हजारभन्दा बढी आपराधिक समूहका सदस्य लुकेर बसेका छन् र निरन्तर आसपासका बस्तीहरूमा हमला गरिरहेका छन् । “उनीहरूलाई नियन्त्रणमा ल्याउन हवाई कारबाही अत्यावश्यक देखिन्छ,” उनले बताए ।

नाइजेरियामा यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सन् २०१५ देखि सेना परिचालन गरिएको छ भने राज्य सरकारले पनि स्थानीय सुरक्षा बल गठन गरेको थियो। तर, हिंसा यथावत् रहँदै आएको छ ।

संघीय तथा प्रादेशिक सरकारहरूले यस्ता समूहसँग बारम्बार वार्ता तथा शान्ति सम्झौता गरेका छन्, तर ती सम्झौता लामो समय टिक्न सकेका छैनन् । पछिल्लो पटक सरकारको समर्थनमा केही धर्मगुरुहरूले एक प्रभावशाली समूहसँग वार्ता गराए पनि स्थानीयहरू त्यसमा पूर्ण विश्वास गर्न सकिरहेका छैनन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : ११ बजे

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको