चिनियाँ कम्युनिष्ट पार्टीसँग गहिरो सम्बन्ध रहेको पाइएपछि हार्वर्ड विश्वविद्यालयको आलोचना बढ्दो | Khabarhub Khabarhub

चिनियाँ कम्युनिष्ट पार्टीसँग गहिरो सम्बन्ध रहेको पाइएपछि हार्वर्ड विश्वविद्यालयको आलोचना बढ्दो


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) बीच गहिरो सम्बन्ध रहेको पाइएको छ । अमेरिकाको संसदीय जाँचबुझ समितिले गरेको छानबिनले यस्तो प्रारम्भीक निष्कर्ष निकालेको हो ।

इकोनमिक टाइम्सका अनुसार हालैको संसदीय छानबिनले विश्वविद्यालय र सीसीपीका विभिन्न निकायबीच दशकौँदेखि औपचारिक रुपमा निकट सम्बन्ध रहेको फेला पारेको छ । सीसीपी र विश्वविद्यालयबीच वित्तीय लेनदेन पनि भएको हुनसक्ने आशङ्का गरिएको छ ।

छानबिनबाट विश्वविद्यालयले चिनियाँ संस्थाहरूबाट प्राप्त गरेको रकम र त्यसरी प्राप्त भएको रकमको प्रयोगमा पारदर्शीताको कमी भएको भेटिएको छ । विशेषगरी, विश्वविद्यालयको अनुसन्धान कार्यक्रम र शैक्षिक गतिविधिहरूमा चिनियाँ सरकारको प्रभाव रहेको आशङ्का व्यक्त गरिएको छ । यससँगै आलोचकहरुले हार्वर्डको स्वतन्त्रता र शैक्षिक निष्पक्षतामाथि प्रश्न उठेको बताएका छन् ।

अमेरिकी सांसदहरूले यस्ता सम्बन्धहरूले राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने चेतावनी दिएका छन् । उनीहरूले विदेशी प्रभावलाई नियन्त्रण गर्न कडा नियमहरू लागू गर्नुपर्ने माग गरेका छन् । यता, हार्वर्ड विश्वविद्यालयले यी आरोपहरूको खण्डन गर्दै आफ्ना गतिविधिहरू शैक्षिक सहकार्य र अनुसन्धानको लागि मात्र सीमित रहेको दाबी गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : ४४ बजे

सागर डिष्टिलरीको आईपीओ खुला  

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले आज (बुधबार)बाट साधारण शेयर (आईपीओ) बिक्री

एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 

काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको

खलनायकदेखि कमेडीका बादशाहसम्म : परेश रावल, शक्ति कपूर र रञ्जितको यात्रा

मुम्बई – बलिउडको इतिहासमा केही यस्ता कलाकार पनि छन् जसले