युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु « Khabarhub

युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा पाँच जनाको ज्यान गएको छ भने युक्रेनले रुसको साराटोभ क्षेत्रमा रहेको एक ठूला तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ ।

युद्ध जारी भइरहेकै बीच संयुक्त राज्य अमेरिका र रुसले शिखर वार्ता गर्ने सहमति जनाए पनि युक्रेन भने त्यसमा समावेश गरिएको छैन ।

युक्रेनी राष्ट्रिय प्रहरीले जनाएको अनुसार, जापोरिझ्झिया क्षेत्रमा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् । त्यसैगरी, पूर्वी डोनेत्स्क क्षेत्रमा थप दुई सर्वसाधारणको ज्यान गएको हो ।

यसैबीच, कालो सागरस्थित ओडेसा शहरमा प्रतिबन्धित क्षेत्रमा पौडी खेल्ने क्रममा सुरुङ विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा रुसको सम्भावित समुद्री आक्रमण रोक्न बारुदी सुरुङहरू बिछ्याइएको थियो ।

युक्रेनी सेनाले करिब एक हजार किलोमिटर टाढा पर्ने रुसको साराटोभ क्षेत्रमा ड्रोनमार्फत आक्रमण गरी तेल प्रशोधन केन्द्रमा क्षति पु¥याएको दाबी गरेको छ । साराटोभका गभर्नर रोमन बुसार्गिनले ‘एक औद्योगिक संरचना क्षतिग्रस्त भएको’ र एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।

रुसको बेलगोरोद क्षेत्रमा पनि युक्रेनी आक्रमणका कारण एक महिलाको ज्यान गएको स्थानीय अधिकारीहरूले जनाएका छन् । यो क्षेत्र सधैं युक्रेनी हमलाको जोखिममा रहने सीमावर्ती क्षेत्र हो ।

युक्रेनले रुसको तेल तथा ग्यास पूर्वाधारलाई निशाना बनाई युद्धको आर्थिक स्रोत कम्जोर बनाउने रणनीति अघि बढाइरहेको छ ।

युक्रेनी सेनाले सुमी क्षेत्रमा पर्ने बेजसालिभ्का गाउँ पुनः आफ्नो नियन्त्रणमा लिएको दाबी गर्दैछ, जबकि रुसले पछिल्लो समय पूर्वी युक्रेनमा उल्लेखनीय सफलता हासिल गरेको छ ।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी शुक्रबार अमेरिकाको अलास्का राज्यमा द्विपक्षीय वार्ता हुने तय भएको छ । तर, युक्रेन र युरोपेली मुलुकहरूले यस्ता वार्तामा युक्रेनलाई समावेश नगरी समाधान खोज्न खोज्नु अनुचित हुने बताएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १० : ३८ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि