कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ « Khabarhub

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार गत वैशाखयता अढाई महिनाको अवधिमा लागुऔषधसम्बन्धी मुद्दामा तीन महिला र १२२ पुरुष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अढाइ महिनाको अवधिमा लागुऔषधसम्बन्धी ६७ मुद्दा दर्ता भएको जानकारी दिए । कञ्चनपुर प्रहरी, सशस्त्र प्रहरी र लागुऔषध नियन्त्रण ब्युरोले यहाँ दैनिक लागुऔषधको अवैध कारोबारी, प्रयोगकर्तालाई लागुऔषधसहित धमाधम कानुनी कारबाहीको दायरामा ल्याइरहेको छ ।

पछिल्लो समय भारतसितको खुला सीमानाका भएका कारण पनि यहाँ भारतबाट लुकीछिपी विभिन्न किसिमका लागुऔषध भित्र्याउने गिरोह सक्रिय रहेको प्रहरीको बुझाइ छ । पछिल्ला केही वर्षयता यहाँ लागुऔषधमा खैरो हिरोइनको अवैध कारोबार हवात्तै बढेको पाइन्छ । प्रहरीका अनुसार यहाँको कारागारमा ३५ प्रतिशतभन्दा बढी लागुऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले प्रहरीले जिल्लाभरका प्रहरी युनिटलाई लागुऔषध न्यूनीकरणका लागि सक्रिय बनाएको बताए । ।

‘हामीले समाजमा लागुऔषधको नियन्त्रणका लागि संलग्नलाई कारबाही र समाजमा विभिन्न ठाउँमा सचेनताका कक्षा पनि सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘प्रहरी र स्थानीय प्रशासनसँगै यसको नियन्त्रणका लागि स्वयं अभिभावक र स्थानीय पालिकाहरू पनि गम्भीर हुनुपर्ने अवस्था आइसकेको छ ।’

उनले वडा र टोल तहसम्म लागुऔषध नियन्त्रण र यसको रोकथामका लागि हुने सचेतनामूलक अभियानमा सबैको हातेमालो हुनुपर्नेमा जोड दिए ।

उनले अढाइ महिनामा लागुऔषध मुद्दामा मात्रै पक्राउ सङ्ख्या अत्यधिक रहेको बताए । ‘खैरोहिरोइन २१५ ग्राम, ६२१ मिलिग्राम बरामद भएको छ’, उनले भने, ‘चरेस, ट्रामाडोल, फेनारगन र एम्पुललगायत लागुऔषध प्रहरीले बरामद गरेको छ ।’

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १० : ४६ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित