धादिङ कारागार तनावग्रस्त, आगोको मुस्लो देखियो « Khabarhub

धादिङ कारागार तनावग्रस्त, आगोको मुस्लो देखियो


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको छ ।

कारागार परिसरबाट आगोको मुस्लो निस्किएको देखिएको छ भने परिसरबाहिर बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । कारागारको छतमा पनि प्रहरी पुगेका छन्‌ ।

बुधबार जेन-जी प्रदर्शनका क्रममा प्रहरी चौकीहरूमा आक्रमण हुँदा देशका विभिन्न कारागारका कैदीबन्दी भागेका थिए । त्यस्तो खबर पाएपछि धादिङ कारागारका कैदीबन्दी पनि भाग्न खोजेको र आगजनीमा उत्रिएको अनुमान गरिएको छ ।

तर, सुरक्षाकर्मीले कारागार परिसरमा घेरा हालिसकेकाले त्यहाँबाट कैदीबन्दी भाग्न सक्ने सम्भावना नरहेको स्थानीयहरूले बताएका छन्‌ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ११ : ५७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते