निरन्तर जल्दैछ साढे आठ अर्बमा बनेको हिल्टन होटल (तस्बिरहरू) « Khabarhub

निरन्तर जल्दैछ साढे आठ अर्बमा बनेको हिल्टन होटल (तस्बिरहरू)


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीरको लगानी रहेको आशंकाका भरमा मंगलबारको जेन-जी आन्दोलनकारीको नाममा जलाइएको नक्सालस्थित हिल्टन होटल अहिले पनि दनदनी बलिरहेको छ।

उक्त होटलमा मंगलबार अपरान्ह आगजनी गरेयता सल्किएको आगो अझै नियन्त्रण गर्न सकिएको छैन । यो होटल नक्साल क्षेत्रकै नयाँ पहिचानका रुपमा उभिएको थियो ।

२०८१ असारदेखि सञ्चालनमा आएको यो होटल एक वर्षमै खरानीमा परिणत भएको छ। शंकर ग्रुपका शाहिल अग्रवालसहितको लगानी रहेको यो होटल अब खरानीमा परिणत भएको छ। पर्यटकहरूको आकर्षण बनिरहेको होटलनजिकैको भाटभटेनी सुपर स्टोर पनि जलाएर ध्वस्त पारिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  १२ : ४६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र