घर जलाए पनि जनताप्रतिको समर्पण जलाउन सक्दैनन् : महेश बस्नेत « Khabarhub

घर जलाए पनि जनताप्रतिको समर्पण जलाउन सक्दैनन् : महेश बस्नेत


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का नेता महेश बस्नेतले जेन–जी पुस्ताका नाममा घर जलाइए पनि जनताप्रतिको समर्पण आगोले जलाउन नसक्ने बताएका छन् ।

आन्दोलनकारीले घर जनाएको एक दिनपछि बुधबार उनले फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

‘घर जलाइयो, सम्पत्ति नष्ट गरियो । तर हाम्रो आत्मा, हाम्रो जनताप्रतिको समर्पण आगोले जलाउन सक्दैन,’ बस्नेतले लेखेका छन् ।

उनले अहिले आफूहरू पीडामा भए पनि भोलिका दिनमा सतिसाल झैँ अडिग भएर उठ्ने पनि बताएका छन् ।

‘साथीहरू, आँधीपछि आकाश अझ नीलो हुन्छ । आज हामी पीडामा छौँ, तर भोलि हामी सतिसालझैँ अडिग भएर उठ्ने छौँ । हामी सुरक्षित छौँ र मुलुकको सुरक्षाको निमित्त सधैँ खट्ने छौँ,’ बस्नेतले भनेका छन् ।

बस्नेतको भक्तपुरस्थित घरमा बुधबार आन्दोलनकारीले आगजनी गरेका थिए । उनले कवि नेचलाल अभागीको कविताका दुई हरफ शेयर गर्दै लेखको छन्, ‘आँधी र हुरी नचलेको बेला कायरले पनि बहादुरीका कुरा गर्छ । तर आँधी–हुरीसँग पौठेजोरी खेल्दै ठिङ्ग उभिन सक्ने, सतिसाल मात्र हुन्छ ।’

नेता बस्नेतले पार्टीका नेता–कार्यकर्तालाई संयमित हुन र सुरक्षा निकायको निर्देशन पालना गर्न पनि आग्रह गरेका छन् ।

‘पार्टीका साथीहरू, धैर्य राखौँ । संयमित बनौँ । हामी फेरि उठ्ने छौँ । सुरक्षा निकायको निर्देशन पालना गरौँ । एकअर्कामा हातेमालो गरौँ । समस्या परेका साथीलाई नछोडौँ । निजी वा सार्वजनिक सम्पत्ति जल्न नदिऊँ । लुटपाट र तोडफोडमा लाग्न नदिऊँ । जनजीवनलाई फेरि सही बाटोमा ल्याऔँ,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १ : ०२ बजे

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’