‘वर्तमान संसद र संविधानकै परिधिमा रहेर सरकार गठन हुनुपर्छ’ « Khabarhub

‘वर्तमान संसद र संविधानकै परिधिमा रहेर सरकार गठन हुनुपर्छ’


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रेस युनियनले वर्तमान संसद र संविधानकै परिधिमा रहेर सरकार गठनलगायतका प्रक्रिया अघि बढाई संविधान प्रदत्त नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारका विश्वव्यापी मान्यताहरूको अभ्यास गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

जेनजीको आन्दोलनपछि उत्पन्न जटिल परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा भएको राज्यको दमन, २३ जनाभन्दा बढी निहत्था नागरिकको मृत्यु, प्रधानमन्त्रीको राजीनामा, र सार्वजनिक तथा निजी सम्पत्तिको व्यापक तोडफोडले देश संकटपूर्ण अवस्थामा पुगेको उल्लेख छ।

यस्तो अवस्थामा सबै देशवासीलाई संयमित र संवेदनशील भई देशको रक्षा गर्न सक्रिय हुनुपर्नेमा जोड दिइएको छ । नेपाली सेनाले सुरक्षा व्यवस्थाको जिम्मेवारी आफैंले लिने घोषणापछि सिर्जित नयाँ परिवेशलाई उचित ढंगले व्यवस्थापन गर्नुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ ।

संक्रमणकाल लम्ब्याउने र कुशल व्यवस्थापन गर्न नसक्ने हो भने मुलुकले थप क्षति व्यहोर्नुपर्ने जोखिमप्रति सबै पक्षलाई सचेत रहन आग्रह गरिएको छ ।

लम्सालले लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्दै संवादमार्फत तत्काल निकास निकाल्न र लोकतन्त्रको अभ्यास सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार हुन अपील गरेका छन्‌ । “लोकतन्त्रको विकल्पमा अरू कुनै विकल्प हुन सक्दैन,” विज्ञप्तिमा भनिएको छ ।

यस्तो संवेदनशील अवस्थामा नागरिकको सत्य र तथ्यपूर्ण सूचना प्राप्त गर्ने अधिकारलाई जोड दिँदै सही सूचनाको अभावमा अफवाह फैलने र थप समस्या उत्पन्न हुने जोखिमप्रति सचेत रहन पत्रकारहरूलाई आग्रह गरिएको छ ।

सूचनाको सहज प्रवाहका लागि नेपाली सेना र राज्यका सबै संरचनालाई सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

प्रेस युनियनको विज्ञप्ति :

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १ : ५२ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको