एमाले सांसद पदम गिरीले भने : जेन-जीको उद्देश्य पवित्र थियो, स्वार्थी समूहले भड्काए | Khabarhub Khabarhub

एमाले सांसद पदम गिरीले भने : जेन-जीको उद्देश्य पवित्र थियो, स्वार्थी समूहले भड्काए


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मंगलबारको राजनीतिक उथलपुथलपछि नेकपा (एमाले) का सांसद पदम गिरीले धारणा सार्वजनिक गरेका छन्। उनले शान्तिपूर्ण ढंगले अघि बढेको जेन-जी आन्दोलनलाई स्वार्थी समूहले भड्काएको भन्दै दुःख व्यक्त गरेका छन्।

‘देशमा सुशासन कायम होस्, विकासको मूल फुटोस् र युवाले आफ्नै देशमा सम्मानित र सुरक्षित जीवन खोज्न सकून् भन्ने पवित्र उद्देश्यसहित नयाँ पुस्ता (जेन‍-जी) सडकमा उत्रिएका थिए। तर सोमबार र मंगलबारको आन्दोलनमा स्वार्थी समूह घुसेर भड्काउने काम भयो।’

उनले एकातिर सुरक्षानिकायले संयमता देखाउन नसकेको र अर्कातिर विदेशी शक्तिहरू तथा जेलजीवन भोगिरहेका अपराधीहरूले अवसरको खोजी गरेको दाबी गरे। गिरीले आन्दोलनकै क्रममा १९ जनाको ज्यान जानु केवल परिवारकोनभई सिङ्गो राष्ट्रकै साझा पीडा भएको उल्लेख गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सिंहदरबार, संसद्, अदालत, राष्ट्रपति भवनदेखि विद्यालय, अस्पताल, बैंक र निजी सम्पत्तिसमेत जलाइएको गम्भीर अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे। राज्यका जिम्मेवार निकायहरू मुकदर्शक बनिदिनु डरलाग्दो विषय भएको उनले बताएका छन् ।

सांसद गिरीले नयाँ पुस्ताले लोकतन्त्रसहितको समृद्ध नेपाल चाहेको स्पष्ट गर्दै सबैलाई सकारात्मक योगदान दिन आह्वान गरे। उनले आफ्ना निकृष्ट स्वार्थ पूर्ति गर्न गिद्धे दृष्टि नराख्न चेतावनीसमेत दिएका छन् ।

गिरीले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली दिँदै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। घाइतेहरूको निशुल्क उपचारको माग गर्दै शीघ्र स्वास्थ्यलाभको कामना पनि उनले गरेका छन्।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १ : ५८ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य