धादिङ कारागारबाट कैदी भाग्न थालेपछि सेनाले गोली चलायो, एक जनाको मृत्यु, सात घाइते « Khabarhub

धादिङ कारागारबाट कैदी भाग्न थालेपछि सेनाले गोली चलायो, एक जनाको मृत्यु, सात घाइते


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगजनी गर्दै जिल्ला कारागार धादिङबाट कैदीबन्दी भाग्न थालेपछि नेपाली सेनाले गोली चलाएको छ ।

सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भीर र पाँचको अवस्था सामान्य रहेको धादिङ अस्पतालले जानकारी दिएको छ ।

जिल्ला कारागारबाट आन्दोलन गरी भाग्न खोज्ने कैदीहरूलाई नेपाली सेनाले रोक्नका लागि गोली प्रहार गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेन-जी आन्दोलनको मौका छोपी बुधबार नख्खु कारागारबाट निस्किएका थिए । त्यसपछि देशभरका कारागारका कैदीबन्दीले ‘रविलाई छाडेको पुलिसले आफूहरूलाई पनि छाड्नुपर्ने’ भन्दै जेल तोड्ने प्रयास गरिरहेका छन्‌ ।

धादिङ कारागारका कैदीबन्दीले पनि रविको रिहाइलाई उदाहरण दिँदै जेल तोड्न खोजेका थिए । एकाबिहानै जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको थियो ।

कारागार परिसरभित्रै कैदीबन्दीले आगजनी गरेका थिए । कैदीबन्दी छुटाउने उद्देश्यले कारागार बाहिर पनि हुलहुज्जत भएको थियो ।

तर, परिसरबाहिर बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । कारागारको छतमा पनि प्रहरी तत्कालै पुगेका थिए ।

मङ्गलबार रातीदेखि नै मुलुकको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाको ठूलो डफ्फा कारागार परिसरमा तैनाथ गरिएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ३ : ५५ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ