प्रधान सेनापतिले जेन-जीसँग भने : रास्वपा र दुर्गा प्रसाईंसँग वार्तामा बस्नुस् « Khabarhub

प्रधान सेनापतिले जेन-जीसँग भने : रास्वपा र दुर्गा प्रसाईंसँग वार्तामा बस्नुस्


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनको नेतृत्व गरेका युवाहरूलाई नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईँसँग वार्तामा बस्न भनेको खुलासा भएको छ । 

जेन–जी पुस्ताका तर्फबाट बुधबारमात्रै प्रधान सेनापति सिग्देलसँग छलफलमा बसेकामध्येकी एकजना रक्षा बमले जेन–जीका प्रतिनिधिहरूलाई रास्वपा र प्रसाईंसँग वार्तामा बस्न भनेको खुलासा गरेकी हुन् । 

उनले बिहीबार आफूहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न बोलाएर प्रधान सेनापति सिग्देलले उक्त प्रस्ताव गरेको जानकारी दिएकी छन् । 

रक्षाले प्रधान सेनापति सिग्देलको प्रस्ताव अस्वीकार गरेर आफूहरू सैनिक मुख्यालयबाट बाहिरिएको पनि बताएकी छन् । उनले अब प्रदर्शनकारी जेन–जी समूहसँग छलफलको तयारी भइरहेको पनि जानकारी दिइन् ।   

‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेक होल्डर हो भनेर स्वयम् प्रधान सेनापतिले भनि सकेपछि जेन–जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेन–जी समूहसँग छलफलमा छौँ,’ रक्षाले भनिन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ४ : २९ बजे

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण