प्रधान सेनापतिले जेन-जीसँग भने : रास्वपा र दुर्गा प्रसाईंसँग वार्तामा बस्नुस् « Khabarhub

प्रधान सेनापतिले जेन-जीसँग भने : रास्वपा र दुर्गा प्रसाईंसँग वार्तामा बस्नुस्


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनको नेतृत्व गरेका युवाहरूलाई नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईँसँग वार्तामा बस्न भनेको खुलासा भएको छ । 

जेन–जी पुस्ताका तर्फबाट बुधबारमात्रै प्रधान सेनापति सिग्देलसँग छलफलमा बसेकामध्येकी एकजना रक्षा बमले जेन–जीका प्रतिनिधिहरूलाई रास्वपा र प्रसाईंसँग वार्तामा बस्न भनेको खुलासा गरेकी हुन् । 

उनले बिहीबार आफूहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न बोलाएर प्रधान सेनापति सिग्देलले उक्त प्रस्ताव गरेको जानकारी दिएकी छन् । 

रक्षाले प्रधान सेनापति सिग्देलको प्रस्ताव अस्वीकार गरेर आफूहरू सैनिक मुख्यालयबाट बाहिरिएको पनि बताएकी छन् । उनले अब प्रदर्शनकारी जेन–जी समूहसँग छलफलको तयारी भइरहेको पनि जानकारी दिइन् ।   

‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेक होल्डर हो भनेर स्वयम् प्रधान सेनापतिले भनि सकेपछि जेन–जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेन–जी समूहसँग छलफलमा छौँ,’ रक्षाले भनिन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ४ : २९ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न