सीमानाका आवातजावतमा कडाइ « Khabarhub

सीमानाका आवातजावतमा कडाइ


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – नेपालको पछिल्लो अवस्थालाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका सीमानाकामा आवातजावतमा कडाइ गरिएको छ ।

प्रदेशका मुख्य गौरीफन्टा र गड्डाचौकी सीमानाकामा आवतजावतमा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले कडाइ गरेको हो ।

भारतको आधारकार्ड भएका नागरिकलाई मात्र भारत प्रवेश गर्न दिइएको त्रिनगर प्रहरी चौकीले जानकारी दिएको छ । भारतबाट नेपाल भित्रिने नेपालीलाई भने आवतजावतमा रोक लगाइएको छैन ।

कञ्चनपुरको गड्डाचौकी नाकामा पनि आवतजावतमा कडाइ गरिएको स्थानीय पुष्कर भट्टले बताए । उनले भने, “नेपाल फर्किनेलाई दिएको छ, भारत जान चाहनेलाई जान दिइएको छैन ।” उपचारमा जाने बिरामीलाई भने भारततर्फ जान दिइएको छ ।

मङ्गलबारको प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएर भारत जान लागेका कैदीलाई आज बिहान सीमानाकामै रोकेको जनाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ८ : २८ बजे

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी