आज २०८२ साल असोज २४ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज २४ गते शुक्रबारको राशिफल


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज २४ गते शुक्रबार । कात्तिक कृष्ण पक्षको चतुर्थी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १० तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । व्यापार व्यवसायमा सुधारका संकेत देखिनेछन् । परिवारमा मेलमिलाप हुनेछ । राजनीतिमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या आउन सक्छ ।

वृष : दिन राम्रो छ । मन प्रशन्न रहनेछ । आजको गरेको लगानीबाट फाइदा हुनेछ । पठनपाठनमा मन जानेछ । धार्मिक क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा मन जानेछ । परिवारको साथमा घुमफिरको योग रहेको छ ।

मिथुन : दिन सामान्य छ । बोलीका कारण काम बिग्रन सक्छ । थोरै बोलेर अघि बढ्नुपर्ने दिन छ । सामाजिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा भने समस्या आउनसक्छ । धर्मकर्ममा मन जानेछ । राजनीतिमा तपाईंको चासो बढ्नेछ ।

कर्कट : दिन राम्रो छ । व्यापार व्यवसायमा गरेको प्रयास सफल हुनेछ । राज्यको माथिल्लो तहमा पुग्ने योग छ । धार्मिक, सामाजिक र राजनीतिक क्षेत्रमा अघि बढ्नुहोला । तपाईंले बनाएका योजनामा गोपनियता कायम गर्नुपर्ने देखिन्छ ।

सिंह : दिन सामान्य छ । तनाव बढ्नेछ । खर्च बढ्नेछ । अनावश्यक यात्रा हुनेछ । बन्धुसँगको सहकार्यमा गरेको कामबाट केही फाइदा हुनेछ । स्वास्थ्यमा केही सुधार भए पनि शिक्षामा ढिलासुस्ती हुनेछ ।

कन्या : दिन राम्रो छ । आज कृषिसम्बन्धी कारोबारमा फाइदा हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ । विपक्षी कमजोर भएकाले काम गर्न सहज हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन सामान्य छ । खर्च बढ्नेछ । राजनीतिक क्षेत्रमा घाटा लाग्ने छ समाजमा सेवाको अवसर प्राप्त हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । बोल्दा तीन पटक सोच्नुपर्ने समय छ ।

वृश्चिक : दिन राम्रो छ । सोचेका काम सहजै अघि बढ्नेछन् । पठनपाठनमा रुची बढ्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन सामान्य छ । धेरै नबोल्नु उचित हुन्छ । कम बोल्दा फाइदा हुने योग छ । श्रम गरेको क्षेत्रमा काममा ध्यान दिनुपर्ने देखिन्छ । अनावश्यक खर्च बढ्ने भएकाले सचेत बन्नुपर्ने दिन छ ।

मकर : दिन राम्रो छ । हरेक क्षेत्रमा सुधारका संकेत देखिनेछन् । स्वास्थ्य लाभ हुनेछ । शिक्षामा गरेको लगाीबाट फाइदा हुनेछ । पारिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन सामान्य छ । अनावश्यक काममा खर्च बढ्नेछ । आज यात्रा नगर्नु उचित हुनेछ । सामान्य विषयमा झगडा हुनसक्छ । विदेशको यात्रा तय हुनसक्छ । तर समय उपयुक्त नभएकाले नजानु उचित हुनेछ ।

मीन : दिन सामान्य छ । सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ । शिक्षामा सुधारका संकेत देखिनेछ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्ने देखिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ५ : ०५ बजे

म्याग्दीको दरखोलामा पुल नबन्दा स्थानीयलाई समस्या

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा

काठमाडौं उपत्यकामा रास्वपाको घण्टी अभियान (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं

निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र

चितवन– फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सबै

मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग

दाङ– मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या

बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक