विश्वकप छनोट : ‘सुपर सिक्स’ प्रवेश गरिसकेको नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै « Khabarhub

विश्वकप छनोट : ‘सुपर सिक्स’ प्रवेश गरिसकेको नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ। एक खेल अगाडि नै दुवै देश ‘सुपर सिक्स’मा प्रवेश गरिसकेकाले यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।

बिहीबार भएको समूह ‘बी’को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि दुवै टोलीले सुपर सिक्समा स्थान सुरक्षित गरेका हुन्।

नेपालसँग पहिले नै हार भोगिसकेको कुवेत जापानसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो। समूह चरणको अन्तिम खेलको विजेताले ‘सुपर सिक्स’मा अतिरिक्त अंक लिएर जानेछ। त्यसैले दुवै देशमाथि आजको खेल जित्नै पर्ने दबाब छ।

बिहीबार जापानले कुवेतविरुद्ध १७८ रनको लक्ष्य सजिलै पुरा गर्दै १९ ओभर ३ बलमै जित दर्ता गर्‍यो। यो स्कोर हेर्दा नेपालले जापानलाई कमजोर सम्झनु हुँदैन। पहिलो खेलमा नेपालले कुवेतविरुद्ध सात विकेटको क्षतिमा १४१ रन बनाएको थियो। १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा अलआउट हुँदा ८३ रन मात्र बनाएको थियो। पहिलो खेलमा ५८ रनको शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ।

विश्वकप छनोटका तीन खेल आजै
आइसीसी पुरुष टि-२० विश्वकप छनोटमा आज तीन खेल हुँदैछन्। आज पहिलो खेलमा बिहान पौने १२ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स, दोस्रो खेलमा दिउँसो ४:१५ बजे नेपाल र जापान तथा तेस्रो खेलमा राति ८:४५ बजे ओमान र पपुवा न्यूगिनी खेल्नेछन्।

सुपर सिक्सको प्रतिस्पर्धाबाट शीर्ष तीन टिम विश्वकप छनोट हुनेछन्।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : १७ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को