एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटी असोज २९ देखि  « Khabarhub

एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटी असोज २९ देखि 


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज ११ बजे गुण्डुमा बस्ने भएको छ । 

 बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेन-जी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक आयोजना गरिएको हो । 

 यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग गरेको भर्चुअल बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने कदम, निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी छ । 

पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटीको बैठकको मिति पनि केही दिन पर सरेको छ । बैठकको तयारी नपुगेकोले असोज २७ गते देखि गर्ने भनिएको बैठक असोज २९ देखि ३१ गतेसम्म बस्नेछ । 

केन्द्रीय कार्यालय च्यासल जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका कारण बैठक स्थल तय भइनसकेको अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै