मलेसियाविरुद्धको सिरिज जितेर नेपाली महिला टिम स्वदेश फर्कियो « Khabarhub

मलेसियाविरुद्धको सिरिज जितेर नेपाली महिला टिम स्वदेश फर्कियो


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियाविरुद्धको पाँच खेलको टी–२० सिरिज जितेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । शुक्रबार बिहान मलेसियाबाट नेपाली टिम स्वदेश फर्किएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली महिला खेलाडीलाई नेपाल क्रिकेट संघका सचिव पारस खड्का लगायतले स्वागत गरे ।

मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले पाँच खेलको सिरिज ३–२ ले जितेको हो । फाइनलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा १८ ओभरको समाप्तिमा भेट्टाएको थियो ।

सिरिजको पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको जित निकालेको थियो।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : ०२ बजे

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी

ज्वालामुखी मुलुकको पहिलो स्वच्छ गाउँपालिका घोषणा

धादिङ – धादिङको ज्वालामुखी गाउँपालिकालाई मुलुकको पहिलो सफा तथा स्वच्छ