मलेसियाविरुद्धको सिरिज जितेर नेपाली महिला टिम स्वदेश फर्कियो « Khabarhub

मलेसियाविरुद्धको सिरिज जितेर नेपाली महिला टिम स्वदेश फर्कियो


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियाविरुद्धको पाँच खेलको टी–२० सिरिज जितेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । शुक्रबार बिहान मलेसियाबाट नेपाली टिम स्वदेश फर्किएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली महिला खेलाडीलाई नेपाल क्रिकेट संघका सचिव पारस खड्का लगायतले स्वागत गरे ।

मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले पाँच खेलको सिरिज ३–२ ले जितेको हो । फाइनलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा १८ ओभरको समाप्तिमा भेट्टाएको थियो ।

सिरिजको पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको जित निकालेको थियो।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : ०२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग