सामाजिक सुरक्षा भत्ता वितरणमा नयाँ कार्यविधि : अनलाइन आवेदनदेखि अनलाइन नवीकरणसम्मको व्यवस्था « Khabarhub

सामाजिक सुरक्षा भत्ता वितरणमा नयाँ कार्यविधि : अनलाइन आवेदनदेखि अनलाइन नवीकरणसम्मको व्यवस्था


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजी आन्दोलनपश्चात गृह मन्त्रालयको जिम्मेवारीमा आएपछि ओमप्रकाश अर्यालले सामाजिक सुरक्षा सामाजिक सुरक्षा वितरण कार्यविधि, २०८२ जारी गरेका छन् । जिम्मेवारी सम्हालेको एक महिना नहुँदै मन्त्री अर्यालले सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ लाई खारेज गर्नेगरी नयाँ कार्यविधि जारी गरेका हुन् ।

नयाँ जारी गरिएको कार्यविधिमार्फत बायोमेट्रिक भेरिफिकेसन मार्फत गर्ने स्थानीय तहबाट सामाजिक सुरक्षा भत्ताको लागि लाभग्राहीले अनलाइनबाटै निवेदन दिनसक्ने र नवीकरण गर्नसक्ने व्यवस्था मिलाइएको छ । बायोमेट्रिक भेरिफिकेसनको लागि पनि कार्यविधिले कसरी गर्न सकिने भनेर स्पष्ट व्यवस्था गरेको छ ।

साथै, नयाँ कार्यविधिअनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीले भत्ता निरन्तर प्राप्त गर्नको लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने तथा नवीकरणको लागि मोबाइल एप्लिकेसनमार्फत पनि भेरिफिकेसन गर्न सकिन्छ ।

गृह मन्त्रालयले नयाँ कार्यविधिमार्फत भत्ता पाउन योग्य जातिसँग विवाह गरेको महिलाको वैवाहिक सम्बन्ध कायम नरहेमा ती महिलाले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था गरेको छ ।

कार्यविधिले सामाजिक सुरक्षा भत्ताको अभिलेखबाट नाम हटाउने र लगत कट्टा गर्ने काम प्रमुख प्रशासकीय अधिकृतको निर्णयबाट गराउनुपर्ने व्यवस्था गरेको छ ।

साथै, ल्याइएको नयाँ कार्यविधिले लाभग्राहीको खातामा भत्ता वापतको रकम जम्मा गर्नुपर्ने मिति पनि ठोस गरेको छ । कार्यविधिअनुसार बैंकले लाभग्राहीको खातामा रकम जम्मा गरिससकेपछि पहिलो त्रैमासिकको कात्तिक ७ गतेभित्र, दोस्रो त्रैमासिकको माघ ७ गतेभित्र, तेस्रो त्रैमासिकको वैशाख ७ गतेभित्र र चौथो त्रैमासिकको असार मसान्तभित्र वा मासिक रूपमा वितरण भएको भए अर्को महिनाको ७ गतेभित्र लाभग्राहीको खातामा रकम जम्मा गरेर स्थानीय तहलाई विवरण बुझाउनुपर्ने हुन्छ ।

कार्यविधिले निर्देशक समिति, जिल्ला सहजीकरण समिति र स्थानीय सहजीकरण समितिको भूमिका पनि ठोस गरेको छ । साथै, अनुगमन, निरीक्षण तथा प्रतिवेदन सम्बन्धी व्यवस्था र पारदर्शिता तथा जवाफदेहिता सम्बन्धी पनि केही नयाँ व्यवस्था गरेको छ ।

सामाजिक सुरक्षा सामाजिक सुरक्षा वितरण कार्यविधि, २०८२ को पूर्णपाठ

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १२ : ०१ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व