काठमाडौं महानगरले तोक्यो फूल बिक्री गर्ने स्थान  « Khabarhub

काठमाडौं महानगरले तोक्यो फूल बिक्री गर्ने स्थान 


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महामगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका विभिन्न ३२ केन्द्रबाट बिक्री वितरणको व्यवस्था गरेको छ । 

तिहारमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरभित्रका ३२ स्थानमा बिक्री वितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । 

नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्‍याउन नयाँ बानेश्वर, तीनकुने चावहिल, कालिमाटी, पुतलिसडक, सुन्धारा लगायतका ३२ स्थानलाई बिक्री स्थल तोकिएको उनले बताए । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नका लागि महानगरले आवश्यक सहजीकरण गर्ने समेत उनले जानकारी दिए । 

उनले तिहारमा स्वदेशी फूलको सहज रूपमा बिक्रिबितरणको व्यवस्था गर्न महानगर प्रमुखले निर्देशन दिएको उल्लेख गरे । नेपाली फूलको प्रयोग र घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्लास्टिकजन्य कागजका फूलका साथै आयातित फूललाई पूर्ण रूपमा निषेध गरिएको र महानगरले त्यसको अनुगमन समेत गर्ने पाण्डेले बताए ।

कार्तिक १ देखि ६ गतेसम्म सहज रूपमा स्वदेशी फूलको बिक्रिबितरणको व्यवस्था गरिएको महानगरले जनाएको छ । तिहारमा सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेको छ भने तिहारमा मात्रै करिब ३५ करोड भन्दा बढीको फूलको कारोबार हुने अनुमान छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १ : १५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा