‘जेरी अन टप’को ट्रेलर रिलिजमा किन गएनन् अनमोल ? « Khabarhub

‘जेरी अन टप’को ट्रेलर रिलिजमा किन गएनन् अनमोल ?


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘जेरी अन टप’को ट्रेलर रिलिज कार्यक्रममा नायक अनमोल केसीको खोजी भएको छ । आफ्नो शीर्ष भूमिका रहेको फिल्मको ट्रेलर रिलिज कार्यक्रममा अनुपस्थित भएपछि उनको खोजी भएको हो ।

‘जेरी अन टप’को ट्रेलर सार्वजनिक कार्यक्रम शुक्रबार ललिपुरस्थित एक फिल्म हलमा राखिएको थियो ।

फिल्मका दुई नायिका जसिता गुरुङ र आँचल शर्मा भने कार्यक्रममा उपस्थिति भएका थिए । फिल्का कलाकारसमेत रहेका अनमोलका बुवा नायक भुवन केसी पनि कार्यक्रममा पुगेका थिए ।

भुवनले कार्यक्रममा अनमोलको अनुपस्थितिको कारणबारे बताएका थिए ।

भुवनका अनुसार अनमोललाई ज्वरो आएको छ । उनले भने, ‘अनमोललाई बिहीबार अस्पताल पनि लगिएको थियो । अझै ज्वरो घटेको छैन ।’

‘जेरी अन टप’को ट्रेल शुक्रबार २ बजे युट्युबमार्फत् सार्वजनिक हुने बताइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : २६ बजे

पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौँको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का

एजेन्सी– करिब तीन महिनाभन्दा अघिदेखि पाकिस्तान र अफगानिस्तान बिचको व्यापार

प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी

कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको निवास महाराजगञ्जमा भेटेपछि नेता

अनेरास्ववियूले गठन गर्‍यो ‘अखिल जेन-जी फोर्स’

काठमाडौं – अनेरास्ववियूले काठमाडौंस्थित शंकरदेव क्याम्पसमा विशेष भेला आयोजना गरी

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका