काठमाडौंका ११ हजार बढी विद्यार्थीको आँखा जाँच्दा १२ सय बढीमा दृष्टिसम्बन्धी समस्या « Khabarhub

काठमाडौंका ११ हजार बढी विद्यार्थीको आँखा जाँच्दा १२ सय बढीमा दृष्टिसम्बन्धी समस्या


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६ सय ३७ जना छात्रछात्राको आँखा जाँच गर्दा १ हजार २ सय ६० जनामा दृष्टि सम्बन्धी समस्या भेटिएको छ ।

स्वास्थ्य विभागले नेपाल नेत्रज्योति संघ र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा हरेक वडाबाट कम्तीमा एउटा विद्यालय पर्ने गरी विद्यालय छनोट गरेर गएको साउन ५ गतेदेखि असार ६ गतेसम्म जाँच गरेको थियो । यस जाँचमा कक्षा १ देखि कक्षा १० सम्मका छात्रछात्रालाई सहभागी गराइएको थियो । जसमा ६ हजार १७५ जना छात्र र ५ हजार ४६२ जना छात्रा थिए ।

जाँच गरिएकामध्ये करिब १० दशमलव ८३ प्रतिशत अर्थात् १ हजार २६० जना छात्रछात्रामा नजिकको देख्न नसक्ने या टाढाको देख्न नसक्ने खालका समस्या पाइयो । करिब २ दशमलव ६१ प्रतिशत अर्थात् ३०४ जनामा आँखामा हुने विभिन्न खालका रोग भेटिए । जाँचपछि आधारभूत र आवश्यकता परेका ११ प्रकारका औषधिहरु वितरण गरिएको थियो ।

विद्यार्थीहरुमा भएको सामान्य आँखाको रोग, दृष्टि दोषहरुमा टाढाको दृष्टि दोष तथा नजिकको दृष्टिमा हुने त्रुटिको अवस्था पत्ता लगाउन जाँच कार्यक्रम गरिएको हो ।

आँखाको नियमित उपचार गर्नु पर्ने विद्यार्थी पहिचान गर्ने, पहिचान भएका सामान्य समस्याको तत्काल उपचार गर्ने, विद्यार्थीहरुमा आँखाको स्वास्थ्य र स्वच्छताका लागि हेरचाह, स्याहारको बानी विकास गराउने, विद्यार्थी, शिक्षक र अभिभावकमा आँखाको स्वास्थ्यका विषयमा सचेतना वृद्धि गराउने कार्यक्रमको उद्देश्य थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : १६ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत