महानिरीक्षक खापुङ्गले ‘ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु’ नभनेको प्रहरीको प्रष्टोक्ति « Khabarhub

महानिरीक्षक खापुङ्गले ‘ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु’ नभनेको प्रहरीको प्रष्टोक्ति


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु’ नभनेको प्रष्ट पारेको छ ।

महानिरीक्षकको सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै केही दिनयता विभिन्न सञ्चार माध्यमहरूमा महानिरीक्षक खापुङ्गले यस्तै आशयको भनाइ राखेको भन्ने समाचार प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा प्रहरी महानिरीक्षकले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको प्रष्ट्याइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ ।’

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : ५८ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा