‘जेरी अन टप’ को ट्रेलर : आफ्नै बुवासँग अनमोलको इगो, जसिता र आँचर दुवैको प्रेममा « Khabarhub

‘जेरी अन टप’ को ट्रेलर : आफ्नै बुवासँग अनमोलको इगो, जसिता र आँचर दुवैको प्रेममा


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक अनमोल केसी स्टारर प्रतीक्षित फिल्म ‘जेरी अन टप’को ट्रलेर सार्वजनिक भएको छ । ललितपुरको एक हलमा शुक्रबार कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्राभल लभ स्टोरीमा आधारित यस फिल्मको प्रदर्शन मिति असोज ३१ लाई तोकिएको छ ।

आफ्नो बुवासँग प्रतिस्पर्धाको इगो राख्ने अनमोल अर्थात् जेरीको सगरमाथा चढ्ने योजनामा ट्रलेर केन्द्रित छ । उनले सगरमाथा आरोहण प्रयास गरेको देखाइको छ तर उनी सफल हुन्छन् वा हुँदैनन् त्यो थाहा पाउन फिल्म नै हेर्नुपर्ने देखिन्छ ।

फिल्ममा पनि नायक भुवन केसी अनमोलको बुवाकै भूमिकामा छन् । बुवा आफूभन्दा सबै कुरामा अगाडि भएकाले अनमोलले सगरमाथा चढ्ने योजना बनाएको ट्रेलरले प्रष्ट पारेको छ ।

अनमोलको संवाद छ, ‘मेरो बुवाले बच्चैदेखि मलाई सबै कुरामा हराउनु भएको छ । त्यही भएर म चढेर देखाउँछु ।’

अनमोल दुवै नायिकासँग प्रेममा परेको ट्रेलरमा देख्न सकिन्छ । हिमाल चढ्ने क्रममा उनको जसितासँग भेट भएपछि प्रेममा परेको ट्रेलरले बताउँछ ।

आँचललाई अनमोलले तँ भनेर सम्बोधन गर्छन् । ट्रेलरमा यी दुईको प्रेमिल दृश्य पनि देखिन्छ । यस यी दुईको बाल्यकालदेखिको प्रेम सम्बन्ध हो भन्ने अनुमान गर्न सकिन्छ ।

नायिका सुरक्षा पन्तलाई ट्रलेरको सुरुवातमा मात्रै देखाइएको छ । उनले सगरमाथ अरोहण टोलीलाई परिचय गराइरहेकी छन् ।

केदार घिमिरे ‘माग्ने बूढा’ यस फिल्ममा पनि हाँस्य चरित्रमै रहेको ट्रलेरले खुलाएको छ ।

ट्रेलरको अन्तिममा त्रिकोणात्मक प्रेमले संकटमा परेका अनमोलको परिवारसँग सम्बन्ध बिग्रिएको देखाइएको छ ।

ट्रलरे फिल्म लार्ज क्यान्भासमा बनेको संकेत गरेको छ ।

अनन्या फिल्म्सको ब्यानरमा बनेको यस फिल्मको निर्देशक सुयोग गुरुङ हुन् । सरोज न्यौपाने यसको प्रस्तुतकर्ता हुन् ।

ट्रलेर

ट्रेलर सार्वजनिक कार्यक्रमका तस्बिरहरु :

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ३ : ३२ बजे

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी– कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम

कांग्रेस बनाउने गगनको ‘जरा अभियान’ : कोइराला-खड्काको असन्तुष्टि

काठमाडौँ – नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि देशैभर ‘एकमहिने

१५ दिनभित्र घरबहाल नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम हुने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी ४के (Galaxy 4K) टेलिभिजनलाई १५ दिनभित्र

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

बागमती– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक अपराह्न ५

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन हुने

काठमाडौँ– नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/एम