‘जेरी अन टप’ को ट्रेलर : आफ्नै बुवासँग अनमोलको इगो, जसिता र आँचर दुवैको प्रेममा « Khabarhub

‘जेरी अन टप’ को ट्रेलर : आफ्नै बुवासँग अनमोलको इगो, जसिता र आँचर दुवैको प्रेममा


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक अनमोल केसी स्टारर प्रतीक्षित फिल्म ‘जेरी अन टप’को ट्रलेर सार्वजनिक भएको छ । ललितपुरको एक हलमा शुक्रबार कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्राभल लभ स्टोरीमा आधारित यस फिल्मको प्रदर्शन मिति असोज ३१ लाई तोकिएको छ ।

आफ्नो बुवासँग प्रतिस्पर्धाको इगो राख्ने अनमोल अर्थात् जेरीको सगरमाथा चढ्ने योजनामा ट्रलेर केन्द्रित छ । उनले सगरमाथा आरोहण प्रयास गरेको देखाइको छ तर उनी सफल हुन्छन् वा हुँदैनन् त्यो थाहा पाउन फिल्म नै हेर्नुपर्ने देखिन्छ ।

फिल्ममा पनि नायक भुवन केसी अनमोलको बुवाकै भूमिकामा छन् । बुवा आफूभन्दा सबै कुरामा अगाडि भएकाले अनमोलले सगरमाथा चढ्ने योजना बनाएको ट्रेलरले प्रष्ट पारेको छ ।

अनमोलको संवाद छ, ‘मेरो बुवाले बच्चैदेखि मलाई सबै कुरामा हराउनु भएको छ । त्यही भएर म चढेर देखाउँछु ।’

अनमोल दुवै नायिकासँग प्रेममा परेको ट्रेलरमा देख्न सकिन्छ । हिमाल चढ्ने क्रममा उनको जसितासँग भेट भएपछि प्रेममा परेको ट्रेलरले बताउँछ ।

आँचललाई अनमोलले तँ भनेर सम्बोधन गर्छन् । ट्रेलरमा यी दुईको प्रेमिल दृश्य पनि देखिन्छ । यस यी दुईको बाल्यकालदेखिको प्रेम सम्बन्ध हो भन्ने अनुमान गर्न सकिन्छ ।

नायिका सुरक्षा पन्तलाई ट्रलेरको सुरुवातमा मात्रै देखाइएको छ । उनले सगरमाथ अरोहण टोलीलाई परिचय गराइरहेकी छन् ।

केदार घिमिरे ‘माग्ने बूढा’ यस फिल्ममा पनि हाँस्य चरित्रमै रहेको ट्रलेरले खुलाएको छ ।

ट्रेलरको अन्तिममा त्रिकोणात्मक प्रेमले संकटमा परेका अनमोलको परिवारसँग सम्बन्ध बिग्रिएको देखाइएको छ ।

ट्रलरे फिल्म लार्ज क्यान्भासमा बनेको संकेत गरेको छ ।

अनन्या फिल्म्सको ब्यानरमा बनेको यस फिल्मको निर्देशक सुयोग गुरुङ हुन् । सरोज न्यौपाने यसको प्रस्तुतकर्ता हुन् ।

ट्रलेर

ट्रेलर सार्वजनिक कार्यक्रमका तस्बिरहरु :

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ३ : ३२ बजे

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल