रमेश लेखकले भने- मुलुक गम्भीर अवस्थामा छ, आग्रह पूर्वाग्रह नराखौँ | Khabarhub Khabarhub

रमेश लेखकले भने- मुलुक गम्भीर अवस्थामा छ, आग्रह पूर्वाग्रह नराखौँ


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनपछि पहिलो पटक पूर्व गृहमन्त्री रमेश लेखक सार्वजनिक भएका छन् । आमाको काजक्रियाबारी रहेका लेखक सेतो पोशाकमै भिडियो मार्फत कांग्रेस पदाधिकारी बैठकपछि पत्रकार माझ सार्वजनिक भएका हुन् । 

लेखकले आग्रह पूर्वाग्रह र उत्तेजनाबाट काम नगर्नसमेत आग्रह गरेका छन् । सबैका भावना समेटेर बुझेर अगाडि बढ्नुपर्ने उनको जोड छ ।

भिडियोमार्फत लेखकले प्रधानमन्त्री र आफूले नै जेन-जी आन्दोलनमा गोली चलाउन आदेश नदिएको दाबी गरेका छन् । 

‘नयाँ पिँढीले केही महत्त्वपूर्ण र असल मागहरू राखेर प्रदर्शन गरेका थिए तर दुर्भाग्यवश आन्दोलनमा घुसपेट भयो,’ लेखकले भिडियोमा भनेका छन्, ‘यसबाट मलाई गहिरो पीडा भएर मैले २३ गते नै राजीनामा दिइसकेको थिएँ ।’

भिडियोमा लेखकले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले गोली चलाउन आदेश दिएको विषयलाई खण्डन गरेका छन्। 

‘गोली चलाउने प्रधानमन्त्री जोसुकै भए पनि गृहमन्त्री जोसुकै भए पनि प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दिँदैन । प्रधानमन्त्री र मेरो तर्फबाट कुनै आदेश दिएको छैन ।’ लेखकले भनेका छन्, ‘हामीले आग्रह पूर्वाग्रह र प्रतिशोध राख्नु हुँदैन मुलुकलाई लोकतान्त्रिक मूल्य मान्यतामार्फत अगाडि बढाएर कानुनबमोजिन आआफ्नो कार्यसम्पादन गर्नुपर्छ।’ 

लेखकले मुलुक अप्ठ्यारो परिस्थितिमा रहेकाले यसलाई सच्याउनका लागि सबै लाग्नुपर्ने समेत बताएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : ४२ बजे

एमाले सचिवालय बैठक : नेतृत्व परिवर्तन महाधिवेशनबाट

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५८औँ सचिवालय बैठकमा पार्टीको

दिउँसै खेतमा पसेर धानबाली नोक्सान गर्दै हात्ती

कञ्चनपुर – कञ्चनपुरमा जङ्गली हात्तीको बथान दिउँसै किसानको खेतमा पसेर

जेनजी प्रदर्शनका ९२ जना घाइतेलाई भैपरी खर्च दिइने

गण्डकी – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका

ट्रकक्रेनको ठक्करबाट एक जनाको मृत्यु

सप्तरी – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित चाँदनीचोकमा

गत वर्षभन्दा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी

काठमाडौं – काठमाडौँ महानगरपालिकाभित्र गत वर्षको तुलनामा यस वर्ष डेङ्गु