गोडरेज र सिजी इलेक्ट्रोनिक्सले 'ब्रेकिङ बाउण्ड्रिज' मार्फत गरे नयाँ यात्राको सुरुवात | Khabarhub Khabarhub

गोडरेज र सिजी इलेक्ट्रोनिक्सले ‘ब्रेकिङ बाउण्ड्रिज’ मार्फत गरे नयाँ यात्राको सुरुवात


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  गोडरेज एप्लायन्सेस र चौधरी ग्रुप (सिजी इलेक्ट्रोनिक्स) ले ‘ब्रेकिङ बाउण्ड्रिज २०८२’ भन्ने विषयवस्तुमा आयोजना गरिएको बिजनेस पार्टनर्स मिटमार्फत नयाँ व्यावसायिक वर्षको सुरुवात गरेका छन् । 

नेपालभरिका १५० भन्दा बढी च्यानल पार्टनरहरूको उपस्थिति रहेको कार्यक्रममा बजार नेतृत्वलाई नयाँ परिभाषा दिने र उपभोक्ता एप्लायन्सेस उद्योगमा नयाँ आयाम थप्ने साहसी दृष्टिकोण प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

 सम्मेलनको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र गोडरेज इन्टरप्राइजेज ग्रुप अन्तर्गतको गोडरेज एप्लायन्सेसका एक्सपोर्ट्स हेड तथा प्रोडक्ट ग्रुप हेड (हेल्थकेयर) जयशंकर नटराजनले दियो बालेर गरे ।

 जयशंकर नटराजनले भने, ‘ ब्रेकिङ बाउण्ड्रिज २०८२ केवल एक विषयवस्तु मात्र होइन, यो हाम्रो सीमाना चुनौती दिने र नयाँ अवसर सिर्जना गर्ने प्रतिबद्धता हो। हाम्रो पार्टनरहरूसँगै हामी नेपाली बजारमा सम्भावनाको नयाँ क्षितिजहरू तोड्नेछौं।’

त्यसैगरी, निर्वाण चौधरीले थपे, ‘चौधरी ग्रुप र गोडरेजको साझा लक्ष्य परम्परागत सीमाना नाघ्नु हो। यस वर्ष हामी नवप्रवर्तन, ग्राहक संलग्नता र बजार विस्तारमा नयाँ अध्याय लेख्नेछौँ, जसले हाम्रो पार्टनरहरूलाई अभूतपूर्व सफलता हासिल गर्न सक्षम बनाउनेछ।’

कम्पनीका अनुसार कार्यक्रमको विशेष आकर्षणमा गोडरेजका नयाँ पुस्ताका उत्पादनहरूको २०८२ का लागि लञ्च पनि समावेश थियो, जसमा नेक्स्ट–जेनेरेसन फ्रिज, एयर कन्डिसनर र वाशिङ मेसिन रहेका छन् । यी सबै उत्पादनहरू छिट्टै नै नजिकैका स्टोरहरूमा उपलब्ध हुनेछन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : ५३ बजे

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री

मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं– सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे

ओलीलक्षित प्रचण्डको कटाक्ष : जेन-जीहरूलाई दमन र हत्या गर्नेले हाम्रो पार्टीलाई वृद्धाश्रम भनेछन्

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन-जीहरूको शान्तिपूर्ण

मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री भण्डारी

विराटनगर– कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव