गोडरेज र सिजी इलेक्ट्रोनिक्सले ‘ब्रेकिङ बाउण्ड्रिज’ मार्फत गरे नयाँ यात्राको सुरुवात « Khabarhub

गोडरेज र सिजी इलेक्ट्रोनिक्सले ‘ब्रेकिङ बाउण्ड्रिज’ मार्फत गरे नयाँ यात्राको सुरुवात


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  गोडरेज एप्लायन्सेस र चौधरी ग्रुप (सिजी इलेक्ट्रोनिक्स) ले ‘ब्रेकिङ बाउण्ड्रिज २०८२’ भन्ने विषयवस्तुमा आयोजना गरिएको बिजनेस पार्टनर्स मिटमार्फत नयाँ व्यावसायिक वर्षको सुरुवात गरेका छन् । 

नेपालभरिका १५० भन्दा बढी च्यानल पार्टनरहरूको उपस्थिति रहेको कार्यक्रममा बजार नेतृत्वलाई नयाँ परिभाषा दिने र उपभोक्ता एप्लायन्सेस उद्योगमा नयाँ आयाम थप्ने साहसी दृष्टिकोण प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

 सम्मेलनको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र गोडरेज इन्टरप्राइजेज ग्रुप अन्तर्गतको गोडरेज एप्लायन्सेसका एक्सपोर्ट्स हेड तथा प्रोडक्ट ग्रुप हेड (हेल्थकेयर) जयशंकर नटराजनले दियो बालेर गरे ।

 जयशंकर नटराजनले भने, ‘ ब्रेकिङ बाउण्ड्रिज २०८२ केवल एक विषयवस्तु मात्र होइन, यो हाम्रो सीमाना चुनौती दिने र नयाँ अवसर सिर्जना गर्ने प्रतिबद्धता हो। हाम्रो पार्टनरहरूसँगै हामी नेपाली बजारमा सम्भावनाको नयाँ क्षितिजहरू तोड्नेछौं।’

त्यसैगरी, निर्वाण चौधरीले थपे, ‘चौधरी ग्रुप र गोडरेजको साझा लक्ष्य परम्परागत सीमाना नाघ्नु हो। यस वर्ष हामी नवप्रवर्तन, ग्राहक संलग्नता र बजार विस्तारमा नयाँ अध्याय लेख्नेछौँ, जसले हाम्रो पार्टनरहरूलाई अभूतपूर्व सफलता हासिल गर्न सक्षम बनाउनेछ।’

कम्पनीका अनुसार कार्यक्रमको विशेष आकर्षणमा गोडरेजका नयाँ पुस्ताका उत्पादनहरूको २०८२ का लागि लञ्च पनि समावेश थियो, जसमा नेक्स्ट–जेनेरेसन फ्रिज, एयर कन्डिसनर र वाशिङ मेसिन रहेका छन् । यी सबै उत्पादनहरू छिट्टै नै नजिकैका स्टोरहरूमा उपलब्ध हुनेछन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : ५३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित