राष्ट्रपतिले भने– दलहरूले चुनावको तयारी थालून्, सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ « Khabarhub

राष्ट्रपतिले भने– दलहरूले चुनावको तयारी थालून्, सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताएका छन् ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन उनले दलहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलको आह्वानमा शुक्रबार शीतल निवासमा बसेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले उक्त आग्रह गरेका हुन् ।

उनले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आमनागरिकलाई दिलाउन सरकारलाई सुझाव दिको प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताए ।

पौडेलले राजनीतिक दलहरूमा कुनै द्विविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालिए देशलाई कहाँ पुर्‍याउँछ भन्ने पनि सोच्न आग्रह गरे ।

राष्ट्रपतिले पार्टीहरूलाई अलमल सिर्जना नगरी जेनजीको माग पूरा गर्ने बाचासहित जनतामा जान आग्रह गरे । उनले दलहरूको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरू निर्वाचनमा जान सधैँ तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा संशय पैदा भएको बताए ।

उनीहरूले यो शंका र संशय हटाएर सरकारले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सक्नुपर्ने बताए ।

बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री वीपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सहभागी थिए ।

त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट डा. चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला सहभागी थिए । त्यस्तै, नागरिक उन्मुक्तिबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनील प्रजापति बैठकमा सहभागी थिए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : ३८ बजे

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र

‘लालीबजार’को ट्रेलर : राजासाबसँग छोरी जोगाउन बादी समुदायकी महिलाको संघर्ष

काठमाडौँ – ‘नथिया कुप्रथा’मा आधारित भएर बनेको नायिका स्वस्तिमा खड्का

मुक्तिनाथको सौन्दर्य र हिउँको स्पर्श : एक अविस्मरणीय यात्रा

चैत २० गते शनिबार । बिहानको ठीक ५ बजे दोर्जे

सिरुबारीको पहिरो रोक्न ‘बेन्चिङ’ विधि, ६० करोड बजेट नहुँदा अल्पकालीन समाधान खोजिँदै

बेनी – कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा